२०८३ बैशाख १८ गते , शुक्रबार

बाँदरबाट मकै जोगाउन ‘बाँदर हेरालु’ नियुक्त

sajilo news
परिवेश मिडिया
२०८२ श्रावण १४ गते , बुधबार
बाँदरबाट मकै जोगाउन ‘बाँदर हेरालु’ नियुक्त

झापा पाँचथरको कुम्मायक गाउँपालिका वडा नम्बर ले बाँदरबाट मकै बाली जोगाउन जना हेरालु नियुक्त गरेको मकैले घोगा च्यापेदेखि भाँच्ने बेलासम्म करिब एक महिना काम गर्ने गरी वडाले बाँदर हेरालु कर्मचारी नियुक्त गरेको हो

किसानले मेहेनत गरेर फलाएको मकै सहितका बाली बाँदरले क्षण भरमै नष्ट गर्ने क्रम बढेसँगै यो विकल्प अपनाइएको वडाध्यक्ष देबेन्द्र लावतीले जानकारी दिए

उनका अनुसार हेरालुले करिब एक महिनासम्म पहरा दिँदै मकैको सुरक्षा गर्नुपर्नेछ उनीहरुलाई पारिश्रमिक भने डोर हाजिर भराएर प्रतिव्यक्ति १६ हजारका दरले उपलब्ध गराउने सहमति भएको लावतीले बताए

नौ जनाको यो टोलीले बाली लगाएका ठाँउ घुम्ने, गस्ती गर्ने, बाँदर तर्साउने, धपाउने आदि काम गर्दै आएका छन् जसका लागि आवश्यक उपकरण वडा कार्यालयले उपलब्ध गराएको

पहिलो चरणमा स्याम्पलका लागि थालिएको यो कामको प्रभावकारीता मूल्यांकन गरेर आगामी दिनका लागि कार्य योजना तयार गर्ने लक्ष्य वडा कार्यालयको रहेको बताइएको

सम्बन्धित समाचार