२०८३ बैशाख १८ गते , शुक्रबार
दुई सिडिओसहित चार सहसचिवको सरुवा
काठमाण्डौ । गृह मन्त्रालयले दुई प्रमुख जिल्ला अधिकारी सहित चार सहसचिवको सरुवा गरेको छ ।
मन्त्रालय स्रोतका अनुसार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलाई मन्त्रालयमा तानेर मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख रहेका सहसचिव डा. टोकराज पाण्डेलाई रुपन्देहीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा पठाइएको छ ।
यस्तै र सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापालाई मन्त्रालयमा तानेर मन्त्रालयमा जगेडामा रहेका सहसचिव बन्धु बास्तोलालाई सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा पठाइएको छ ।