२०८३ बैशाख १८ गते , शुक्रबार
इलाम–झापाद्वारा अर्जुनधारामा सर्वतपानी वितरण
बिर्तामोड । झापाको अर्जुनधारा जलेश्वर धाममा साउन महिनामा आउने भक्तजनहरुलाई इलाम झापा मैत्री समाजले पानी, सातु तथा मोही वितरण गरेको छ । अन्य सोमबार झैँ आज पनि इलाम झापा मैत्री समाज बिर्तामोड नगर कमिटीले पानी, सातु र मोही वितरण गरेको हो ।
आज १५० लिटर मोही र ७ केजी सातु वितरण गरिएको समाजका बिर्तामोड नगर कमिटी सचिव मिलन कोइरालाले जानकारी दिए । विहान ५ बजेदेखि ११ः३० बजेसम्ममा करिब १५०० जनालाई सर्वत वितरण गरिएको उनले बताए ।
समाजको जिल्ला समिति तथा नगर समितिहरुले प्रत्येक सोमबार पालो मिलाएर भत्तजनहरुलाई पानी तथा मोही वितरण गर्ने गरेको जिल्ला अध्यक्ष तिलोत्तमा खत्रीले जानकारी दिइन् ।