२०८३ बैशाख १८ गते , शुक्रबार

सवारीको ठक्करबाट सहरेडाँगीमा पैदलयात्रीको मृत्यु, ठक्कर दिने सवारीसाधन फरार

sajilo news
परिवेश मिडिया
२०८२ श्रावण ११ गते , आईतबार
सवारीको ठक्करबाट सहरेडाँगीमा पैदलयात्रीको मृत्यु, ठक्कर दिने सवारीसाधन फरार

बिर्तामोड । झापाको मेचीनगर-१२ सहरेडाँगीमा सवारी साधनको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । आइतबार साँझ अन्दाजी साढे बजे भएको दुर्घटनामा परी तत्काल नाम थर वतन नखुलेको अन्दाजी ४५ ४६ वर्षको पुरुषको मृत्यु भएको हो ।
मेची लोकमार्गमा इलामबाट चारआलीतर्फ आउँदै गरेको पहिचान खुल्न बाँकी सेतो रङको सवारी साधनको ठक्करबाट ती पैदल यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी गम्भीर घाइते भएका उनलाई उपचारका लागि विएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा अन्दाजी ८ बजे अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
ठक्कर दिने सवारी साधन फरार रहेको र खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। 

सम्बन्धित समाचार