२०८३ बैशाख १८ गते , शुक्रबार
हात्तीको आक्रमणबाट दमकमा दुई महिला घाइते
बिर्तामोड । झापाको दमकमा हात्तीको आक्रमणबाट दुई जना महिला घाइते भएका छन् । दमक-१ बस्ने बर्ष ४७ की सुनिता राई र बर्ष ४२ की कविता राईलाई आईतबार बिहान हात्तीले आक्रमण गरेको हो ।
मर्निङ वक गर्ने क्रममा आईतबार बिहान अन्दाजी ४:१५ बजेको समयमा झापा दमक-१ बरगाछीस्थित भित्री सडक खण्ड उनीहरूलाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ।
हात्तीले आक्रमण गर्दा सुनिता राईको टाउको, दाहिने आँखी भौ, दुवै खुट्टा, बाँया हात र शरिरको बिभिन्नमा भागमा चोट लागेको अवस्था गम्भिर रहेको र कविता राईको बाँया खुट्टाको कुर्कुच्चामा चोट बोल्न सक्ने अवस्था मध्यम रहेको छ । उनीहरूको दमक अस्पताल दमकमा ल्याई उपचार भइ रहेको जिल्ला प्रहरी कार्यालय झापाका जनाएको छ।