हल्दिबारी आगलागीका घाईते ओलीको मृत्यु
बिर्तामोड । गत ६ गते हल्दीबारी-४ ओली चोकमा भएको आगलागीमा परी घाइते पुण्यप्रसाद ओलीको मृत्यु भएको छ । ६० वर्षीय ओलीको उपचारको क्रममा आज कीर्तिपुर बर्न हस्पिटलमा निधन भएको हो ।
उनको घरको माथिल्लो तलामा रोटी पकाउने क्रममा साउन ६ गते बिहान ८:४० बजे ग्यास लिक भै आगलागी हुँदा मृतक ओलीसँगै उनकी श्रीमती वर्ष ५९ की गोमादेवि, छोरा ३३ वर्षीय सन्तोष र उनका बुहारी ३२ वर्षीया अनिता ओली र २० वर्षीय कान्छो छोरा आर्यन ओली घाइते भएका थिए ।
आगलागीबाट गम्भीर घाइते पुण्यप्रसादलाई हेलिकप्टर मार्फत उपचारका लागि कीर्तिपुर बर्न अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा आज दिउँसो ११:३५ बजे मृत्यु भएको जिल्ला प्रहरी झापाका सूचना अधिकारी डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
सोही आगलागीमा घाइते वर्ष ५९ को गोमा देवि र वर्ष ३३ को सन्तोष ओली डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ।