२०८३ बैशाख १८ गते , शुक्रबार

दशनामी समाजको अधिवेशनका लागि भेला आयोजक समिति गठन

sajilo news
परिवेश मिडिया
२०८२ श्रावण १० गते , शनिबार
दशनामी समाजको अधिवेशनका लागि भेला आयोजक समिति गठन

बिर्तामोड नेपाल दशनामी समाज युवा समितिको तेस्रो झापा जिल्ला अधिवेशनका लागि भेला आयोजक समिति गठन भएको

समाजको छलफलले युवा समितिलाई अझ सक्रिय बनाउँदै झापा जिल्लाको तेस्रो अधिवेशनको तयारीका लागि आज (शनिवार) भेला आयोजक समिति गठन गरेको

समितिको संयोजकमा धनबहादुर पुरी (प्रजित) बिर्तामोडलाई जिम्मेवारी दिएको भने समितिको सचिवको जिम्मेवारी विशाल गिरी मेचीनगरलाई दिएको

त्यसैगरी सदस्यमा खेमराज गिरी, बिदुर गिरी बिर्तामोड, युवराज गिरी कनकाई एगा गिरी मेचीनगरलाई जिम्मेवारी दिएको उक्त भेला आयोजक समितिले झापाका १५ वटै पालिकामा रहेका दशनामी युवाहरुलाई भेला आयोजक समितिमा जोड्दै लाने समाजको केन्द्र, प्रदेश जिल्ला समितिसँग समन्वय तथा सहकार्य गरेर समाजको युवा समितिको अधिवेशन गराउनेछ

झापाको बिर्तामोड स्थित चारपानेको पर्शुराम पार्टी प्यालेसमा भएको छलफलमा नेपाल दशनामी समाजका केन्द्रदेखि नगरका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो

सम्बन्धित समाचार