२०८३ बैशाख १८ गते , शुक्रबार

लागूऔषध नियन्त्रणमा आक्रामक प्रहरी, गोली प्रहार गरी कारोबारी पक्राउ

sajilo news
परिवेश मिडिया
२०८२ श्रावण १० गते , शनिबार
लागूऔषध नियन्त्रणमा आक्रामक प्रहरी, गोली प्रहार गरी कारोबारी पक्राउ

बिर्तामोड प्रहरीले झापामा गोली प्रहार गरी लागूऔषध कारोबारी पक्राउ गरेको भद्रपुर मा आज दिउँसो प्रहरीले गोली चलाएर भारतीय नागरिक किसनगन्ज, कोल्लिकोट थाना क्षेत्र निवासी अन्दाजी ३६ वर्षीय मोहम्मद इस्लामलाई पक्राउ गरेको हो

शनिबार दिउँसो अन्दाजी ३:४५ बजे लागूऔषध ब्युरो जिल्ला प्रहरी कार्यालय झापाको टोलीले लागूऔषध कारोबारी पक्राउ गर्ने क्रममा गोली चलाएको हो कारोबारीलाई नियन्त्रणमा लिने क्रममा भाग्न खोजेपछि प्रहरीले गोली चलाएको हो

दुई राउन्ड गोली चलाइएकोमा उनको खुट्टामा गोली लागेको हो उनको साथबाट करिब ११०.२ ग्राम ब्राउन सुगर बरामद भएको घाइते भारतीय नागरिक मोहम्मदलाई प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका लागि लगिएको प्रहरीले जनाएकोछ

झापा प्रहरीले यस अघिपनि भद्रपुरमा गोली प्रहार गरी दुई जना लागूऔषध कारोबारी पक्राउ गरेको थियो ।

सम्बन्धित समाचार