२०८३ बैशाख १८ गते , शुक्रबार

दमकमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८२ श्रावण १० गते , शनिबार
दमकमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

बिर्तामोड झापाको दमकमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको शनिबार विहान दमक चिया  बगानस्थित पूर्वपश्चिम लोकमार्गमा भएको दुर्घटनामा परि स्थानीय ६० बर्षीय सोमबहादुर विकको निधन भएको हो

उर्लाबारीबाट दमकतर्फ आउँदै गरेको प्रदेश .०१००१ ४३६३ नम्बरको यात्रुबाहक बसले दमकबाट ताराबारीतर्फ जाँदै गरेको साईकल यात्री विकलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए उनलाई तत्काल उपचारको लागि दमक अस्पताल पठाइएकोमा उपचारको क्रममा ७ः३० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको

बस, साईकल बस चालक जिल्ला मकवानपुर हेटौडा नगरपालिका बस्ने बर्ष ४७ को राजेन्द्र गौतमलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको

सम्बन्धित समाचार