२०८३ बैशाख १८ गते , शुक्रबार

डी. कौडिण्य स्मृति पत्रकारिता पुरस्कारबाट उद्धव पुरी सम्मानित

sajilo news
परिवेश मिडिया
२०८२ श्रावण ७ गते , बुधबार
डी. कौडिण्य स्मृति पत्रकारिता पुरस्कारबाट उद्धव पुरी सम्मानित

बिर्तामोड स्वर्गीय देवकुमार आचार्यडी कौडिण्यको स्मृति दिवसको अवसरमा पत्रकार उद्धव पुरी सम्मानित भएका छन् बुधबार स्वर्गीय आचार्यको २३औँ स्मृति दिवसको अवसरमा उनलाई सम्मान गरिएको हो

प्रेस सेन्टर नेपाल झापा शाखाले स्वर्गीय आचार्यको स्मृतिमा स्थापना गरेको उक्त पुरस्कार आज विर्तामोडमा एक कार्यक्रम आयोजना गरी पत्रकार पुरीलाई प्रदान गरेको हो कार्यक्रमका प्रमुख अतिथि, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् झापा इञ्चार्ज रञ्जित तामाङले दोसल्ला ओढाउँदै प्रमाणपत्र नगद ४२ हजारसहित पत्रकार पुरीलाई सम्मान गरेका हुन्

प्रगतिशील पत्रकार, प्राध्यापक एवम् राजनीतिज्ञ डी. कौडिण्यलाई राजाको प्रत्यक्ष शासनकालमा २०५९ साउन गते शाही सत्ताले गिरफ्तार गरी चारआली व्यारेकभित्रै हत्या गरेको थियो उनको स्मृतिलाई जीवन्त राख्न २०६६ सालदेखि उक्त पुरस्कारको स्थापना गरि प्रेस सेन्टर नेपाल झापाले वितरण गर्दै आएको हो

पुरस्कृत पत्रकार पुरी विर्तामोडबाट प्रकाशित हुने शब्दपत्र अनलाइनको सञ्चालक हुन्  दुई दशकदेखि पत्रकारितामा क्रियाशील उनले लामो समय ब्लास्ट टाइम्समा आवद्ध रहेर पत्रकारिता गरेका थिए

कार्यक्रममा डी कौडिण्यसँगै एकै दिन हत्या गरिएका अन्य झापाली सहिदहरु शंकर घिमिरे खगेन्द्र दंगालको फोटोमा प्रमुख अतिथी लगायत अन्य अतिथीहरुले माल्यार्पण गरेका थिए

प्रेस सेन्टर झापाको अध्यक्ष पुष्प खड्काको अध्यक्षतामा भएको कार्यक्रममा अतिथीहरु माओवादी केन्द्रका १ नं प्रदेश उपाध्यक्ष बिजय साम्पाङ, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, सेन्टरका केन्द्रीय सचिव दिपीन राई, नेपाल प्रेस युनियन झापाका अध्यक्ष गिरिराज भट्टराई, मिडिया नेपालका झापा अध्यक्ष रञ्जित प्रसाई, प्रेस चौतारी झापाका सचिव युवराज आचार्य, जनपत्रकार संगठन झापाका संयोजक प्रविण अधिकारी, सहिद डी. कौडिण्यकी पत्नी यमुना आचार्य लगायतले मन्तब्य ब्यक्त गर्दै पत्रकार डी. कौडिण्यको राजनीतिक जीवन योगदान बारे चर्चा गरेका थिए

सोहि कार्यक्रममा प्रेस सेन्टर नेपाल झापाले स्थापना गरेकोडी कौडिण्य स्मृति पत्रकारिता पुरस्कार अक्षय कोषमा सहयोग प्रदान गर्नुहुने नेकपा माओवादी केन्द्र मेचीनगर अध्यक्ष राजन चिमरिया प्रेस सेन्टर नेपाल नम्बर प्रदेश सदस्य आइपी भट्टराईलाई प्रशंसा पत्र प्रदान गरिएको थियो भने प्रेस सेन्टर नेपालका नयाँ सदस्यहरु उमेश खत्री गणेश भट्टराईलाई संगठनमा स्वागत गरिएको थियो

कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य राजु पाठकले कौडिण्यको जीवनी प्रस्तुत गर्नु गरेका थिए भने जिल्ला उपाध्यक्ष होमप्रकाश अधिकारीले स्वागत गरेका थिए सचिव प्रकाश उप्रेती सहसचिव राजन साम्पाङले कार्यक्रम सञ्चालन गरेका थिए

सम्बन्धित समाचार