२०८३ बैशाख १८ गते , शुक्रबार

मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराज पक्राउ

sajilo news
परिवेश मिडिया
२०८२ श्रावण ४ गते , आईतबार
मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराज पक्राउ

झापा । मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) लाई प्रहरीले पक्राउ गरेको छ । 
बलात्कार आरोपमा उनलाई आइतबार काठमाडौँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले बताए ।
चैत २५ मा उनीविरुद्ध अदालतबाट पुर्जी जारी भएको थियो । झा २०७७ फागुन ७ मा मधेशको प्रदेश प्रमुख नियुक्त भएका थिए ।
उनीविरूद्ध अनुसन्धान गर्न प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिएको छ । २०८१ चैत २५ मा उनिविरुद्ध अदालतबाट पुर्जी जारी भएको थियो । 
२३ वर्षीया युवतीले उनिविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएकी छन् । अहिराजले पीडितलाई काठमाडौँस्थित उनको निवासमा गएर बलात्कार गरेको आरोप छ ।
यसअघि अहिराजले नै पीडित युवती विरुद्ध आपराधिक लाभ सम्बन्धी कसुरमा प्रहरीमा जाहेरी दिएका थिए । प्रहरी स्रोतका अनुसार सो मुद्दामा पीडित युवती हाजिर जमानीमा रिहा भएकी थिइन् ।

सम्बन्धित समाचार