२०८३ बैशाख १८ गते , शुक्रबार
लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीद्वारा मधुमेह परीक्षण
बिर्तामोड । लायन्स क्लब अफ बिर्तामोड लेडीले कनकाईमा मधुमेह (सुगर) परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । स्मार्ट लेडीले शनिबार कनकाई ४ स्थित कृष्ण प्रणामी मन्दिर परिसरमा निशुल्क मधुमेह परीक्षण गरेको हो ।
कार्यक्रममा १० बर्षदेखि ७५ बर्ष उमेर समूहका ७५ जना व्यक्तिको मधुमेह परीक्षण गरिएको लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीकी अध्यक्ष यशोदा उप्रेतीले जानकारी दिइन् । बिर्तामोड नगर अस्पतालको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको उनले बताइन् । नगर अस्पतालका प्राविधिक विनायक भट्टराईले मधुमेह परीक्षण गरेका थिए । कार्यक्रममा समृद्ध उप्रेतीले सौजन्य गरेका थिए ।
कार्यक्रममा डिस्ट्रिक्ट चिफहरु, जोन टु चेयर पर्सनहरु, स्मार्ट लेडीका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।