झापा टोस्टमास्टर्स क्लबको पदस्थापना सम्पन्न
बिर्तामोड । झापा टोस्टमास्टर्स क्लबको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । शनिबार बिर्तामोडस्थित किङ्ग्सबेरी होटलमा आयोजित कार्यक्रमका बिच पदस्थापन सम्पन्न भएको हो ।
कार्यक्रममा निवर्तमान अध्यक्ष मनोज गोयलले अध्यक्षको व्याच वर्तमान अध्यक्ष एकता बंशललाई हस्तान्तरण गर्दै पदस्थापन गरेका थिए । नव निर्वाचित कार्यसमितिलाई डिभिजन डाइरेक्टर सरोज ताम्राकारले पद तथा गोपनीयताको सपथ गराएका थिए ।
नयाँ समितिका पदाधिकारीहरुमा उपाध्यक्ष शिक्षातर्फ जान्भी खेडिया, उपाध्यक्ष सदस्यतातर्फ पुष्पाञ्जली ठकुरी सिन्हा, उपाध्यक्ष जनसम्पर्कतर्फ अनिल अधिकारी, सचिव विनिता गोयल, कोषाध्यक्ष संकेत वंशल, सर्जेन्टआर्मसमा भिक्टर इग्नसियस जोसेफ चयन भएका थिए । ताम्राकारले प्रत्येक पदाधिकारीलाई आफ्नो जिम्मेवारीप्रति प्रतिबद्धता व्यक्त गराएका थिए ।
कार्यक्रमलाई प्रमुख अतिथी झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, टोष्टमास्टर्स क्लबका क्षेत्रीय निर्देशक सन्ध्या राठी, क्षेत्रीय निर्देशक अञ्जु प्रधान, झापा अध्यक्ष एकता वंशल, डिभिजन डाइरेक्टर ताम्राकार लगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रममा नव प्रवेशी टोस्टमास्टर्सहरु दीपा खेडिया, चञ्चल जोधानी, रेखा वंशल, बोधराज रिजाल, सिद्धार्थ नविन उप्रेती र बाप्पा साहलाई साक्षात्कार गराइएको थियो ।
कार्यक्रममा डिस्टिङ्गुइस्ट टोस्टमास्टर्स सुमन शाक्यलगायत सहभागी थिए । कार्यक्रममा सहभागीहरुलाई उपाध्यक्ष पुष्पाञ्जली ठकुरी सिन्हाले धन्यवाद दिएकी थिइन् ।