२०८२ माघ २८ गते , बुधबार

कांग्रेस नेतृत्वको उत्तरदायित्व र  गहक सुझाव

sajilo news
राजेन्द्र गौतम
२०८२ असार ३२ गते , बुधबार
कांग्रेस नेतृत्वको उत्तरदायित्व र  गहक सुझाव

कांग्रेसलाईकांग्रेस बनाउन के गर्ने ? कांग्रसीहरुका लागि यो जटिल प्रश्न हो उत्तर आआफ्नै होलान् हुनसक्छन् सिद्धान्तफिक्स हुन्छ सिद्धान्त बाहेक कुनै कुरा फिक्स हुन्न तर, त्यही सिद्धान्तलाई आफू अनुकुल व्याख्या गर्नु मानवीय गुण चरित्र हो त्यो चरित्र हरेक कांग्रेसको मात्र होइन, प्रत्येक मानिसमा हुन्छ बहस कांग्रेसलाई कसरी कांग्रेस बनाउने भन्ने हो, अरु बहस थप बहसकै विषय क्षेत्र हुन्

कांग्रेसलाई कांग्रेस बनाउन नयाँ कांग्रेसीको जन्म जरुरी चार दशक यता कांग्रेसमा नयाँ कांग्रेसीको जन्म भएको छैन २०४६ सालदेखि ०४८ साल वरपर धेरै कांग्रेसीको जन्म भयो अघिल्लो पुस्ताको जग नवकांग्रेसीको बलमा कांग्रेसले प्रचण्ड बहुमतसहित सरकार बनायो पार्टी पटकपटक सत्तामा पुग्यो तर, न्यून संख्याका कांग्रेसी मन्त्री बने

२०६२/६३ मा आन्दोलनको माहोल बन्यो, देशमा आन्दोलन उत्सर्गमा पुग्यो व्यवस्था परिवर्तन भयो तर, यो आन्दोलनमा नयाँ कांग्रेसी जन्मेनन् विश्वप्रकाश शर्मा, गगन थापा ०४६ तिरका कांग्रेसी बीज हुन् जो २०६२/६३ मा अंकुरण मात्रै भएनन्, जनजनम छाए निरन्तर झागिए फैलदो स्वरुप आकारप्रकार लिए

चन्द्र भण्डारी, धनराज गुरुङहरुको उदय ०४६ साल अघिनै भइसकेको थियो उनीहरू झाँगिन चाहे तर क्षमता जसरी सकिरहेका छैनन् भण्डारीलाई नेपाली कांग्रेसमा टक्स्याएर राक्ने नकाम भएको गुरुङ आफैं लय गुमाउने लयमा हुनुहुन्छ प्रदीप पौडेल, जीवन परियार, भूपेन्द्रजंग शाही, नयनसिंह महरहरु  शर्मा, थापाकै सन्निकट समयमा जन्मिएका हुन् उदाउन ढिलोचाँडो भएको मात्रै हो

एकाध छोडेर ६२/६३ पछि गणना गर्न लायक कांग्रेसीको जन्म भएको छैन गोविन्द भट्टराई, गुरुराज घिमिरेहरुको नाम गुमनामकै लाइनमा मिलान गरिएको उनीहरू पार्श्व ध्वनी जस्तै छन्   अनि कांग्रेस कसरी बन्छ कांग्रेस ?

अहिले जो कांग्रेस हुँ भन्छ तस्वीर, आवरण कांग्रेस हो, कांग्रेसी होइन अहिलेको कांग्रेस को हो त ! यो प्रश्नको खास जवाफ आउन्न   केवल आउँछ  ‘ कांग्रेस हुँ यो जवाफले कांग्रेस चल्दैन कांग्रेस चल्न कांग्रेसी चाहिन्छ   कांग्रेस चलाउन अर्बपतिहरु छिरे शैक्षिक माफिया ठेकेदार, यदाकदा बैकका कारिन्दाहरु छिरे अरुहरु छिरे उनीहरूले कांग्रेसीजिन लाई गाली मात्र होइन सत्तोसराप गरे

भक्तिगान, द्रव्यदान, गणेश प्रदक्षिणा, चरण स्पर्श वा अरु त्यस्तै केही गरेर संसदीय सांगठनिक फाँटमा हालिमुहाली मच्चाए बेहिसाब उत्पात   उधुम मच्चाउनेहरू कांग्रेस हुन्, कहिल्यै कांग्रेसी बन्न सक्दैनन्

कांग्रेस थरिथरिका छन्, कोही होटलकोही बोटल कोही पानी कांग्रेस छन्, कोही धनी कांग्रेस  कोही वरन कांग्रेस, कोही आवरण कांग्रेस   ‘बनी कांग्रेसहरुको पार्टीमा हालिमुहाली कांग्रेसीको सुगन्ध छैन, कांग्रेसको गन्ध बाउ कांग्रेस, छोरा कांग्रेस, साला कांग्रेस, साली कांग्रेस, साथी कांग्रेस, माथि कांग्रेस, दायाँ कांग्रेस , बायाँ कांग्रेस यो, हो अहिलेको कांग्रेसको चित्र चरि चरित्र के  ?

धर्म ग्रन्थहरुमा उहिले, कहिले व्याख्या गरिएको नन्दीबिरिङ्गी जस्तो , कांग्रेस   कांग्रेसी छैनन्, थरिथरी कांग्रेस छन् कांग्रेसले मात्र कांग्रेस बन्छ नेपाली कांग्रेस बन्दैन, नेपाली कांग्रेस बन्न कांग्रेसी चाहिन्छ साँच्चै कांग्रेस बनाउने हो भने प्रत्येकले कांग्रेसी बन्न सक्नुपर्छ   हरेकलाई कांग्रेस बनाउन सक्नुपर्छ अधिकलाई कांग्रेसी बनाउन अपरिहार्य , कांग्रेस  होइन

कांग्रेसी हुन चर्चा होइन, चरित्र चाहिन्छ आफूलाई कांग्रेस दाबी गर्ने कतिमा कांग्रेसी चरित्र , यो बहसको विषय हो कांग्रेसमा केही दशकदेखि देखिएको दृश्य झन् प्रगाढ बन्दै गएको स्वागतमा मरिहत्ते गर्ने, खदा ओडाउने, माला पहिर्याउने, हिप मर्काउँदै कुममा कुम जोडेर हिँड्ने

साजसज्जामा क्लिक, क्लिक क्लिक पार्ने, त्यतिले नपुगे सेल्फी सवारी सामाजिक सञ्जालमा तिनै दृश्यहरु पोष्ट्याएर भ्याए जतिलाई ट्याग हान्ने वाउ !  कांग्रेस, हाइ ! कांग्रेस   टिकटक, स्टा, एक्स, फेसबुक, ह्वाटसेप, म्यासेन्जर कहिँ कतै खाली हुन्न वाउ ! नवीन कांग्रेस

कांग्रेस यतिमा सीमित छैन कांग्रेसको कर्म असीमित सुन्ने, बुझ्ने समय छैन यसो कसो गर्यो, एक दुई स्न्याप हान्यो हान्नियो यति गरेपछि पद अवसर सुरक्षित हजुर ! चिल्लो घस्यो, पड्कायो पद यही हो, कांग्रेसको नवीन शैली प्रगतिको देखिने मापन कुनै कार्यक्रममा नवीन मानिस देखिन्न उहीँ पुरानो हिजोकै अनुहार असन्तुष्टि पनि त्यहीकांग्रेस बिग्रियो, सकियो नेताले केही गरेनन्   यसरी बन्छ कांग्रेस ? अवश्य बन्दैन

कांग्रेस बनाउन राजनीतिक धर्ममा बसेर कर्म गर्नुपर्छ सर्म लाग्ने कर्मले कांग्रेस बन्दैन, लुताउँछ, लर्खराउँछ, धर्मराउँछ कांग्रेस बनाउन जन होइन, भिजन चाहिन्छ दृष्टिदोष होइन, दृष्टिकोण चाहिन्छ जोखाना होइन, योजना चाहिन्छ खाना होइन, कर्मको कारखाना चाहिन्छ शंका होइन, संकल्प चाहिन्छ । रुढता होइन, दृढता चाहिन्छ कांग्रेस टिप्पणीले बन्दैन, टिप्पणीले कांग्रेस कमजोर बन्छ

कांग्रेस बनाउन टार्गेट टिम चाहिन्छ त्यो टिम भनेकै २० देखि ४० वर्ष उमेर समूहको टिम हो कांग्रेसमा  त्यो टिम कहाँ छ ? छैन   कर्मको नाममा कलंकको टीका लगाएर कांग्रेस बन्दैन कांग्रेस बनेकाबाट पनि कांग्रेस बन्दैन कांग्रेस बनाउन कर्मशील कांग्रेसी चाहिन्छ

यावत बेथिति बीच कांग्रेसमा एउटा थिति त्यो निक्कै सुन्दर , अरुहरुका लागि पनि अनुकरणीय नेपाली कांग्रेसले पार्टी सभापति चुन्दा उच्चतम लोकतान्त्रिक विधि अवलम्बन गर्छ। विभिन्न चरण पार गर्दै छानिएका प्रतिनिधिले सभापतिका लागि मत जाहेर गर्छन् मत त्यसरी जाहेर गरिन्छ, जसको विधि ५१ प्रतिसतको अवधारणा हो सभापति बन्न ५१ प्रतिशत मत  ल्याउनै पर्छ   ५० प्रतिशत मत ल्याउने व्यक्ति कांग्रेसको सभापति बन्दैन यो विधि नराम्रो होइन

यद्यपि, यसमा जरुर सुधार आवश्यक यसलाई अझै फराकिलो बनाउन सक्नुपर्छ   प्रत्यक्ष मत जाहेर गर्न सबै क्रियाशील सदस्यलाई मताअधिकारको अधिकार दिइयो भने धेरै प्रकारका विथितिकोन्यूनीकरण हुन्छ जसले मैले छानेको सभापति हो भन्ने भावनाको विकास गरी सकारात्मक सन्देश प्रवाह गर्छ जो कांग्रेसलाई कांग्रेस बनाउने कडी बन्न सक्छ हिम्मत गरेर यो गर्न सक्ने हो भने कांग्रेसलाई कांग्रेस सम्भव

कांग्रेसले अर्को काम नगरी सुखै छैन त्यो भनेको कांग्रेसी मतको खोजी संरक्षण हो। जबसम्म कांग्रेसले आफ्नो ध्यान त्यता खिच्दैन, तबसम्म कांग्रेस कांग्रेस बन्दैन नेपाली कांग्रेसले ७९ को  आमनिर्वाचनमा समानुपातिक तर्फ २६ लाख ४३ हजार २९६ मत प्राप्त गरेको हो यो पार्टीले पाएको मत हो यो मत अहिले कांग्रेस भित्र सुरक्षित छ ? भने त्यो उपलब्धी हो तर, यो थाहा पाउन आमनिर्वाचन नै पर्खनु पर्छ त्यसो भए के गर्ने अब कांग्रेसले ? त्यो भनेको खोजी संरक्षण नै हो

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको रेकर्ड अनुसार  लाख ८२ हजार ८१६ क्रियाशील सदस्य थिए १५ औं महाधिवेशनका लागि लाख ७० हजार ७८० क्रियाशील सदस्यता फारम जिल्ला पठाएको तथ्यांक  यो संख्या १४ औं महाधिवेशनको भन्दा १२ हजारले कम हो यद्यपि, कांग्रेस १४ औं अधिवेशनमा भन्दा बढी नै क्रियाशील सदस्यता वितरण गर्ने लक्ष्य योजनामा भन्ने स्पष्ट जो स्वभाविक हो

महाधिवेशनको अघोषित संघार पार्टी शाख जोगाउने कहरमा रहेको कांग्रेसलाई कांग्रेस बनाउन नेतृत्वले आमनिर्वाचनमा  पार्टीले पाएको मतको खोजी गर्न सक्नु पर्छ   खोजेले मात्रै हुँदैन, संरक्षण गर्न जरुरी कांग्रेसी बिर्सेर नेपाली कांग्रेस अहिलेको आकारमा रहन असम्भव , नेतृत्वले हेक्कामा राख्नै पर्छ 

क्रियाशील सदस्य  बाहेक आमनिर्वाचनमा पार्टीले पाएको १७ लाख ६० हजार ४८० मत कांग्रेसी मत हो यो  कांग्रेसी मत कांग्रेसको त्राण प्राण हो यही मत खोज्न जोगाउन सक्यो भने  कांग्रेस नेतृत्वले नवीन कांग्रेस बनाउन नसके पनि नेपाली कांग्रेस जोगाउन चाहिँ सक्छ नत्र नेपाली कांग्रेसको  नेतृत्व कांग्रेसी बिर्सेर कांग्रेसकै सती जाने लयबाट फर्कन सक्दैन

सम्बन्धित समाचार