२०८३ बैशाख १८ गते , शुक्रबार

दमकमा सोमबारदेखि हराएका बालक मृत फेला

sajilo news
परिवेश मिडिया
२०८२ असार ३१ गते , मंगलबार
दमकमा सोमबारदेखि हराएका बालक मृत फेला

बिर्तामोड । सोमबार अन्दाजी १२:३० बजेदेखि हराएका दमकका एक बालक मङ्गलबार मृत अवस्थामा फेला परेका छन् । दमक नगरपालिका वडा नम्बर ९ बस्ने सुमन धिमालको छोरा अन्दाजी वर्ष ११ को रमन धिमाल आज मृत अवस्थामा फेला परेका हुन् ।
घरबाट साथीसंग खेल्न जान्छु भनि हिडेका रमन घर नफर्किएपछि आज बिहान ६:३२ बजे दमक-९ सानुअर्ना खाडी स्थित निजको आफन्तले खोत गर्ने क्रममा घरदेखि अन्दाजी ९०० मिटर पश्चिममा रहेको बेतेनी खोला र भुत्रे खोलाको दोभानमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । 

सम्बन्धित समाचार