२०८३ बैशाख १८ गते , शुक्रबार

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित

sajilo news
परिवेश मिडिया
२०८२ असार ३१ गते , मंगलबार
बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित

बिर्तामोड बीमा कम्पनीहरूको नियामक निकाय नेपाल बीमा प्राधिकरण अध्यक्षमा शरद ओझा निलम्बित भएका छन् मन्त्रिपरिषद्को सोमबारको बैठकले अध्यक्ष ओझाको कार्यक्षमता जिम्मेवारी पालनबारे छानबिन गर्न समिति गठन गरेको छानबिन समिति गठन भएसँगै अध्यक्ष ओझा स्वतः निलम्बित भएका हुन्

पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा तीन सदस्यीय समिति बनेको एक मन्त्रीले जानकारी दिए समितिका अन्य दुई जना सदस्यमा कपिलदेव ओली जीवनप्रकाश सिटौला छन् बीमा ऐन २०७९ को दफा १२ को उपदफा मा अध्यक्ष वा सदस्यको हकमा छानबिन समिति गठन भएमा स्वतः निलम्बन हुने व्यवस्था

मन्त्रिपरिषद्ले अध्यक्ष ओझालाई पदमुक्त गर्ने प्रयोजनका लागि छानबिन समिति गठन गरेको हो ऐनको दफा १२ को उपदफा को खण्ड मा खराब आचरण, कार्यक्षमताको अभाव वा पदीय जिम्मेवारी पालना नगरेको आधारमा अध्यक्ष वा सदस्यलाई नेपाल सरकारले पदमुक्त गर्न सक्ने व्यवस्था

सोही दफाको उपदफा मा नेपाल सरकारले अध्यक्ष वा सदस्यलाई पदमुक्त गर्नुपरेमा उच्च अदालतका पूर्वन्यायाधीशको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गर्न सक्ने व्यवस्था सोही व्यवस्थाअनुसार सरकारले छानबिन समिति गठन गरेको ती मन्त्रीले जानकारी दिए

ओझामाथि फर्जी कागजात पेश गरी बीमा प्राधिकरणको अध्यक्ष पदमा नियुक्ति लिएको विषयमा सर्वोच्च अदालतमा रिट परेको यही विषयमा उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको यो पृष्ठभूमिमा सरकारले ओझालाई पदमुक्त गर्ने प्रक्रिया अघि बढाएको हो

२०८१ फागुन १२ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कञ्चनपुरका ओझालाई अध्यक्ष नियुक्त गरेको थियो

सम्बन्धित समाचार