२०८३ बैशाख १८ गते , शुक्रबार

प्रधानमन्त्रीले सडक उद्घाटन गरेकै दिन दुर्घटना, एक जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८२ असार २९ गते , आईतबार
प्रधानमन्त्रीले सडक उद्घाटन गरेकै दिन दुर्घटना, एक जनाको मृत्यु

बिर्तामोड । झापाको दमकमा सडक उद्घाटन गरेकै दिन दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको दमक नगरपालिकास्थित मदनडागी ताराबारी डिपुचोक सडक खण्डमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो ।
दुर्घटनामा परी दमक-३ निवासी अन्दाजी ५५/५६ वर्षीया लक्ष्मी गौतमको मृत्यु भएको हो ।
आईतबार अन्दाजी १२:०० बजे दमक नगरपालिका ३ संगम चोक स्थित भित्री पक्की सडक खण्डमा डिपुचोकबाट आम्दातर्फ आउदै गरेको मे १ ख २८८४ नम्बरको टिपरले बिपरीत दिशाबाट जादै गरेको  मे ११ प ५४५३ नम्बरको स्कुटरलाई ठक्कर दिई दुर्घटना हुँदा स्कुटरको पछाडी सवार गौतमको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी स्कुटर चालक स्थानीय बर्ष ४४ कि टिका गौतमको दाहिने खुट्टाको घुडामा सामान्य चोट लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
स्कुटर, टिपर र टिपर चालक जिल्ला झापा बिर्तामोड-२ बस्ने बर्ष ४६ को तोयानाथ बिक इप्रका दमकको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
दुई दिनका लागि शनिबार झापा आएका प्रधानमन्त्री ओलीले आईतबार दुर्घटना भएको आधा घण्टा अघिमात्र उक्त सडकको उद्घाटन गरेका थिए।  

सम्बन्धित समाचार