२०८३ बैशाख १८ गते , शुक्रबार

प्रधानमन्त्री ओलीद्वारा शनिबार दुई नगर अस्पतालको भवन उद्घाटन

sajilo news
परिवेश मिडिया
२०८२ असार २८ गते , शनिबार
प्रधानमन्त्री ओलीद्वारा शनिबार दुई नगर अस्पतालको भवन उद्घाटन

बिर्तामोड प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज दुई अस्पताल भवन उद्घाटन गरेका छन् उनले झापा इलाम जिल्लाका एकएक नगर अस्पताल भवन उद्घाटन गरेका हुन्

शनिबार विहान झापा आएका ओलीले एक समारोहबीच झापाको बुद्धशान्तिस्थित भागीरथा न्यौपाने बुद्धशान्ति अस्पताल माइ नगरपालिकाको सिमली स्थित माइ नगर अस्पताल भवन उद्घाटन गरेका हुन् बुद्धशान्ति गाउँपालिका मा दाताले दिएको १५ कठ्ठा जग्गामा रु छ करोड ५० लाखको लागतमा १० शैया रहेको अस्पताल निर्माण गरिएको भने माइ नगरपालिका मा रु १० करोड ७० लाख २४ हजार लागतमा साढे १० रोपनी क्षेत्रफलमा १५ शैय्याको पार्किङसहितको दुई तलाको अस्पताल निर्माण गरिएको

त्यस्तै प्रधानमन्त्री ओलीले माइ नगरपालिका कनकाई नगरपालिकाका अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनीपूर्जा हस्तान्तरण गरेका थिए

सम्बन्धित समाचार