२०८३ बैशाख १८ गते , शुक्रबार

शनिबार झापा आउन लागेका प्रधानमन्त्री ओलीको यस्तो छ २ दिने तालिका

sajilo news
परिवेश मिडिया
२०८२ असार २७ गते , शुक्रबार
शनिबार झापा आउन लागेका प्रधानमन्त्री ओलीको यस्तो छ २ दिने तालिका

बिर्तामोड प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली शनिबार झापा आउन लागेका छन् शनिबार आइतबार दुई दिनका लागि उनी झापा आउन लागेका हुन्

शनिबार ११ बजे चन्द्रगढी विमानस्थलहुँदै झापा आउन लागेका ओलीले शनिबार ११:३० बजे बुद्धशान्ति वडा नम्बर स्थित भागिरथा न्यौपाने अस्पताल उद्घाटन गर्ने, माइ नगरपालिका वडा नम्बर स्थित नगर अस्पताल उद्घाटन गर्ने, धनीपूर्जा वितरण खानेपानी आयोजनाको शिलन्यास गर्ने कार्यक्रम रहेको नेकपा एमाले झापाका उपाध्यक्ष शिव ढुंगेलले जानकारी दिए

शनिबार नै प्रधानमन्त्री ओलीले झापाको कनकाई नगरपालिकामा जग्गा धनीपूर्जा वितरण गर्ने कनकाई उद्योग वाणिज्य संघको भवन उद्घाटन गर्ने कार्यतालिका रहेको

त्यस्तै आइतबार बिहान १० बजे दमक नगरपालिकाद्वारा आयोजित कृष्ण मन्दिरबाट उत्तरपट्टिको मदनडाँगी तारावारी डिपो सडक बाटोको उद्घाटन गर्ने ११:३० बजे हुलाकी सडकस्थित गौरीगञ्ज पश्चिम रतुवा पुलको उद्घाटन गर्ने दिउँसो १२:३० बजे बिर्तामोडको कार्यकर्ता भेलामा सहभागी हुने बजे विर्तामोडको सिटीसेन्टरमा कार्यकर्ता भेलालाई सम्बोधन गरेर ३:३० बजे काठमाण्डौ फर्कने तालिका रहेको ढुंगेलले जानकारी दिए

सम्बन्धित समाचार