२०८३ बैशाख १८ गते , शुक्रबार
सुधार केन्द्रबाट फरार महिला अझै बेपत्ता
बिर्तामोड । झापाको कमल गाउँपालिकास्थित एक सुधार केन्द्रबाट फरार महिला अझै फेला परेकी छैनन् । कमल–५ पाडाजुंगीस्थित शान्त जीवन प्रतिष्ठान नेपाल (महिला सुधार केन्द्र)बाट फरार पाँचथर मिक्लाजुङ गाउँपालिका २ सराङडाडा बस्ने २१ वर्षीया समीक्षा काफ्ले अझै फेला नपरेको प्रहरीले जनाएको छ ।
बिहीबार राति ९:३० बजे सुधार केन्द्रबाट काफ्ले फरार भएकी थिइन् । खोजतलासलाई तीब्र बनाइएको र अन्य प्रहरी युनिटहरुसँग सहकार्य भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख डीएसपी रामप्रसाद तिम्सिनाले जानकारी दिए ।
समीक्षालाई उनका दाजु सुरेन्द्र काफ्लेले गत वर्ष भदौ १४ गते सो सुधार केन्द्रमा ल्याएर राखेको बताइएको छ ।