२०८३ बैशाख १८ गते , शुक्रबार
घाइते अवस्थामा भेटिएका मानिसको मृत्यु
बिर्तामोड । बुधबार राति बिर्तामोड-२ रामचोक स्थित सडक छेउमा घाइते अवस्थामा भेटिएका मानिसको मृत्यु भएको छ ।
राति १०:४५ बजे रामचौक स्थित सडक छेउमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी सहायक निरीक्षक सोनेलाल राजबंशीको टोलीले गस्ती गर्ने क्रममा तत्काल नामथर वतन नखुलेको अन्दाजी बर्ष ४०-४५ को टाउको लगायत शरिरको बिभिन्न भागमा चोट लागी भई गम्भिर अबस्थामा फेला पारी तत्काल उपचारको लागी बिर्तासिटी अस्पताल पठाएकोमा १०:५० बजे अस्पताल पुर्याउनासाथ साथ डाक्टरले चेकजाच गर्दा मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । शव हाल सोही अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।
सवारी दुर्घटनामा परि ती व्यक्ति घाइते भएको हुन सक्ने आशंका गरिएको छ ।