२०८३ बैशाख १८ गते , शुक्रबार

बाह्रदशी दुर्घटनाका घाइते बालकको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८२ असार २६ गते , विहीबार
बाह्रदशी दुर्घटनाका घाइते बालकको मृत्यु

बिर्तामोड । बुधबार दिउँसो झापाको बाह्रदशीमा भएको सवारी दुर्घटनामा परी घाइते बालकको मृत्यु भएको छ ।
बुधबार दिउँसो अन्दाजी ३:४० बजेको समयमा बाह्रदशी-१ खैरबारी स्थित भित्री सडक खण्डमा राजगढबाट कुटी तर्फजादै गरेको बिआर३७एजेड नम्बरको भारतीय मोटरसाइकल र बिपरीत दिशावाट आउदै गरेको प्र.१-०१-०१६ प ९२७० नम्बरको स्कुटर ठक्कर खाई  दुर्घटना हुँदा गम्भीर घाइते कचनकवल-३ बस्ने बर्ष ३ का आयुष राजबंशीको राति ९:२५बजे  बिएण्डसी अस्पतालमा उपचारकै क्रममा  मृत्यु भएको प्रहरीले जनाएको छ।
उक्त दुर्घटनामा परि आयुषका हजुरबुवा स्कुटर चालक बर्ष ६० को श्री प्रसाद राजबशी र मोटरसाइकल चालक भारत किशनगंज डिगलबैंक बस्ने नारायण टुडुको छोरा बर्ष अन्दाजी २५ को सुरज टुडुको पनि मृत्यु भएको थियो।
आयुषका आमा उर्मीला राजवंशीको पनि सोही अस्पतालमा उपचार भई रहेको छ । 

सम्बन्धित समाचार