२०८३ बैशाख १८ गते , शुक्रबार
पानी तान्ने क्रममा करेण्ट लागेर एक जनाको मृत्यु
बिर्तामोड । झापाको बुद्धशान्तिमा करेण्ट लागेर एक जनाको मृत्यु भएको छ । बुद्धशान्ति ३ सयपत्री टोल निवासी ३९ बर्षीय रोशन जीमीको मृत्यु भएको हो ।
आइतबार साँझ अन्दाजी ७ बजे खेतमा रोपाई गर्न पैनीबाट मोटर प्रयोग गरी पानी तान्ने क्रममा जीमीलाई करेण्ट लागेको प्रहरीले जनाएको छ । करेण्ट लागेर घाइते उनलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएकोमा उपचारको क्रममा ७:१५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
घटनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको टोलीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।