२०८३ बैशाख १८ गते , शुक्रबार

पत्रकार भण्डारी र घिमिरे पुरस्कृत

sajilo news
परिवेश मिडिया
२०८२ असार २२ गते , आईतबार
पत्रकार भण्डारी र घिमिरे पुरस्कृत

बिर्तामोड नारी सञ्चार गृह झापाद्वारा झापाका दुई पत्रकार पुरस्कृत भएका छन् राष्ट्रिय समाचार समिति (रासस)की जिल्ला संवाददाता अम्बिका भण्डारी नयाँ पत्रिका दैनिकका झापा संवाददाता चिरञ्जिवी घिमिरे पुरस्कृत भएका हुन्  

नारी सञ्चार गृह झापाद्वारा स्थापित लाख पुरस्कार राशीकोनारी सञ्चार साधना पत्रकारिता पुरस्कार भण्डारीलाई समर्पण गरिएको थियो त्यस्तै २५ हजार नगद राशीको युवा पत्रकारिता पुरस्कार घिमिरेलाई प्रदान गरिएको हो

आज बिर्तामोडमा आयोजित पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रादेवि महतारा प्रसाईले पुरस्कृतद्वयलाई पुरस्कार राशीसहित सम्मान पत्र प्रदान गरेकी थिइन्

सोहि कार्यक्रममा नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरिएको थियो नारी सञ्चार गृहको भर्खरै सम्पन्न अधिवेशनबाट स्वस्तिका आचार्यको अध्यक्षतामा चयन भएको नयाँ समितिलाई प्रमाण पत्र प्रदान गरिएको थियो

नारी सञ्चार गृहकी अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाकी सचिव मायामितु न्यौपानेले गरेकी थिइन्

सम्बन्धित समाचार