कोचिला राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा ममता
बिर्तामोड । कोचिला राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा ममता ताजपुरिया राजबंशी चयन भएकी छन् । शनिबार दमकमा सम्पन्न अधिवेशनबाट ममता अध्यक्षमा सर्वसम्मत चयन भएकी हुन् ।
समितिको बरिष्ठ उपाध्यक्षमा दिनेशचन्द्र राजबंशी, उपाध्यक्षमा क्रमश: सुलोचना राजबंशी, तारा ओझा राजबंशी, आसिराम राजबंशी, महासचिवमा पुकारचन्द्र सिंह राजबंशी, उपमहासचिवमा क्रमश: मनोज कुमार राजबंशी, अत्यानन्द राजबंशी, प्रल्हाद चन्द्रबंशी र कोषाध्यक्षमा हिरा राजबंशी सहित ६५ सदस्यीय समिति चयन भएको हो |
त्यसैगरी ईन्चार्जमा पुर्ण प्रसाद राजबंशी, सह-ईन्चार्जमा क्रमश: कृति कुमार राजबंशी, रणकुमार राजबंशीलाई जिम्मेवारी तोकिएको निर्वाचन समितिका संयोजक बिश्वनाथ राजबंशीले जानकारी दिए |
नयाँ समिति लाई प्रमुख अथिति तथा पार्टीका केन्द्रिय सदस्य साबित्री कुमार काफ्ले (समर)ले शुभकामना सहित बधाई दिएका थिए | त्यसैगरी पार्टीका केन्द्रिय सदस्य तथा १ नं प्रदेश फ्याक्सन ईन्चार्ज सुरेस राई (हिमाल), केन्द्रिय सदस्य अजम्वर काम्बाङ राई, झलक सिंह दर्लामी मगर (सन्देश), केन्द्रिय सदस्य तथा झापा ईन्चार्ज रन्जित तामाङ, केन्द्रिय सदस्य कुशल लिम्बु, प्रदेश सचिव गणेश उप्रेती शुशिल, झापा सचिव मोहन टुडु लगायतका नेताहरूले बधाई तथा शुभकामना दिएका थिए |
अध्यक्ष मन्डलका अध्यक्ष पूर्ण प्रसाद राजबंशीको अध्यक्षतामा भएको बन्द सत्र संचालन निर्वाचन समितिका संयोजक बिश्वनाथ राजबंशीले गरेका थिए ।
अधिवेशन गत जेठ ३१ गते झापाको दमकमा पुर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए ।