धाइजनमा अटोसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
बिर्तामोड । शनिबार साँझ मोटरसाइकल र अटो एकआपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मेचीनगर नगरपालिका १२ माथिल्लो धाइजनस्थित मेची राजमार्गमा शनिबार साँझ भएको दुर्घटनामा परी अर्जुनधारा ११ बस्ने ३४ वर्षीय भीम बहादुर सार्कीको मृत्यु भएको हो ।
शनिबार साँझ ५:१० बजे चारआलीबाट बुधबारे तर्फ जाँदै गरेको प्र.१-०१-००२ ह. ५५७१ नम्बरको अटो र बिपरीत दिशाबाट आउँदै गरेको मे. ८ प. ८०३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घट्ना हुँदा मोटरसाइकल चालक झापा अर्जुनधारा नगरपालिका-११ बस्ने अन्दाजी बर्ष ३४ को भिम बहादुर सार्की घाईते भएको प्रहरीले जनाएको छ । उनलाई उपचारको लागि विएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा चिकित्सकले ५:५० बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
अटोमा सवार झापा बुद्वशान्ति गाउँपालिका-३ बस्ने बर्ष ४९ की निर्मला बिक र निजको छोरी अन्दाजी बर्ष १७ की दिपा बिक दुबै जनाको बाहिरी चोट नदेखिएको, शरिरको बिभिन्न भागमा भित्री चोट लागि घाईते भई विएण्डके पोलिक्लिनिक चारआलीमा उपचार हुदै गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्र बहादुर खड्काले जानकारी दिए। ।
अटो चालक बुद्वशान्ति गाउँपालिका-१ बस्ने बर्ष ४० का युवराज घिमिरे, अटो र मोटरसाइकल प्रहरी. चौकी चारआली झापाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
शनिबार नै भएको अन्य दुईवटा अटो दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।