२०८३ बैशाख १९ गते , शनिबार

व्यवसायी सदस्य राहत कोषमा २० लाख ४५ हजार संकलन

sajilo news
परिवेश मिडिया
२०८२ असार १९ गते , विहीबार
व्यवसायी सदस्य राहत कोषमा २० लाख ४५ हजार संकलन

बिर्तामोड बिर्तामोड उद्योग वाणिज्य संघले व्यवसायी सदस्य राहत कोषको कार्यविधि सार्वजनिक गरेको एक वर्ष अगाडि कार्यविधि बनाएर संघले एक करोड रुपैयाँ बरावरको अक्षयकोष स्थापना गर्ने लक्ष्यका साथ व्यवसायी सदस्य राहत कोष स्थापना गरेको थियो

विहीवार संघले पत्रकार सम्मेलनको आयोजना गर्दै कोष स्थापनाको उद्देश्य सहितको राहत कोषका लागि तयार पारिएको  कार्यविधि सार्वजनिक गरेको हो संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा कोषका संयोजक तथा संघका वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरेराजुले कोषमा हालसम्म जम्मा भएको रकम सार्वजनिक गरेका थिए उनका अनुसार व्यवसायिक  सदस्य राहत कोषमा २० लाख ४५ हजार सय ९१  रूपैयाँ  संकलन भएको

संघका विशिष्ट सदस्य निर्मल भट्टराईले स्वागत गरेको कार्यक्रममा कार्यविधि कोषाध्यक्ष युवराज निरौलाले बाचन गरेका थिए

व्यवसायिक  सदस्य राहत कोषमा  हालसम्म  ५६ जनाले  सहयोग गरेको बताइएको व्यवसायीहरूले आफ्नो जन्मदिन, वैवाहिक बर्षगाठ, पितृको स्मृति लगायतमा राहत कोषमा रकम प्रदान गर्दै आएको अध्यक्ष न्यौपानेको भनाई

हालसम्म व्यवसायीहरूले उत्साहपूर्वक राहत कोषमा रकम सहयोग गर्दै आएको अध्यक्ष न्यौपानेको भनाई   राहत कोषको ब्याजबाट  प्रकृतिक प्रकोप, व्यवसायीलाई प्राणघातक रोग लागेको खण्डमा  सहयोग गरिने बताइएको

कार्यक्रमको सञ्चालन बिर्तामोड उद्योग बाणिज्य संघका महासचिव कुशल खतिवडाले गरेका थिए

कार्यक्रममा कोषमा सहयोग पु¥याउने दातासहित बिर्तामोडका व्यवसायीहरुको उल्लेख्य सहभागिता रहेको थियो

सम्बन्धित समाचार