२०८३ बैशाख १८ गते , शुक्रबार

पत्रकार दिलभुषण पाठकलाई २५ हजार धरौटी माग

sajilo news
परिवेश मिडिया
२०८२ असार १९ गते , विहीबार
पत्रकार दिलभुषण पाठकलाई २५ हजार धरौटी माग

झापा जिल्ला अदालत काठमाण्डौले पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न आदेश दिएको न्यायाधीश खेमराज भट्टको इजलासले बिहीबार बयान थुनछेक बहसपछि उनलाई धरौटीमा छाड्न आदेश दिएको हो

विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसुरमा उनी आज बिहान आफैँ अदालतमा उपस्थित भएका थिए साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डौले गत सोमबार उनी विरुद्ध मुद्दा दायर गरेको थियो

साइबर ब्युरो ५९ नाममा परेको जाहेरीका आधारमा विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको  कसुरमा एक लाख जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजायको माग दाबी उनी विरुद्ध गरिएको

निवेदकले आफ्नो तस्बिरका साथमाहिल्टनमा जयवीर देउवा (कांग्रेस सभापति शेरबहादुर देउवा पुत्र) को पैसा भन्ने शीर्षक राखीकाठमाण्डौस्थित पाँचतारे हिल्टन होटलमा शाहिल अग्रवाल दीपक भट्टको लगानी रहेको , निज दीपक भट्टमार्फत जयवीर देउवा हिल्टन होटलमा जोडिएका छन्, उक्त बिजनेस क्यानडासम्म फैलिएको बताइन्छ भन्ने सामाग्री प्रकाशन गरी आफू विरुद्ध घृणा, द्वेष फैलाएर चरित्रहत्या गरेको भन्दै साइबर ब्युरोमा जाहेरी दिएका थिए

सम्बन्धित समाचार