२०८३ बैशाख १९ गते , शनिबार

पचास लाख शेयर हाल्ने भन्दै अढाई करोड ऋण बोकाएको आरोपमा भेटवाल पक्राउ

sajilo news
परिवेश मिडिया
२०८२ असार १९ गते , विहीबार
पचास लाख शेयर हाल्ने भन्दै अढाई करोड ऋण बोकाएको आरोपमा भेटवाल पक्राउ

बिर्तामोड आफ्नै साझेदारलाई कम्पनीमा ५० लाख शेयर हाल्ने भन्दै अढाई करोड ऋण बोकाएको आरोपमा बिर्तामोडबाट एक जना पक्राउ परेका छन् बिर्तामोड चारपाने निवासी तिलकचन राजवंशीलाई जालसाँझी गरेर ठगि गरेको आरोपमा बिर्तामोड बस्ने ६३ वर्षीय मनोरथ भेटवाललाई प्रहरीले पक्राउ गरेको हो

जिल्ला अदालत झापाको पक्राउ आदेश अनुसार ठगी सम्बन्धी कसुर मुद्धामा अनुसन्धानको सिलसिलामा भेटवाललाई इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको टोलीले आज दिउँसो कनकाई  वडा नं. कोटीहोमबाट नियन्त्रणमा लिएको हो उनलाई थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय बिर्तामोड ल्याइएको

भेटवाललाई पक्राउ गर्न विप्लव नेकपाका नेता कार्यकर्ताले सहयोग गरेका थिए एनआइसी एसिया बैंक सुरुङ्गा शाखाका प्रमुख लेखनाथ अधिकारी भने सम्पर्कमा आएका छैनन् उनी कार्यालयमै निरन्तर रहेपनि प्रहरीले बेवास्ता गरेपछि पीडित राजवंशीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापामा निवेदन दिएका थिए बैंक म्यानेजर अधिकारीसहित जना विरुद्ध जिल्ला अदालत झापाले २०८१ माघ २९ गते पक्राउ पुर्जी जारी गरेको थियोे अदालतले पक्राउ पुर्जी जारी गरेपनि प्रहरीले भने बेवास्ता गर्दै आएको थियो

हार्डवेयर पसल खोल्ने क्रममा साझेदारहरुका कारण राजवंशीको बेहाल भएको हो ५० लाख रुपैयाँ शेयर हाल्ने भनेर व्यवसायमा हात हालेका उनी अहिले अढाइ करोडभन्दा बढीको ऋणमा डुबेको पारिवारिक श्रोतले बताएको बिर्तामोड चारपानेका युनिस भेटवाल बिर्तामोडका लब मैनालीले संयुक्त रुपमा तीन वर्षअघि चारपानेमा ओम शिवम् ट्रेडर्स नामक हार्डवेयर होलसेल पसल सञ्चालनमा ल्याएका थिए मैनालीले व्यवसाय छोडेपछि तिलकचन बिर्तामोडका धर्मप्रसाद संग्रौला जोडिए त्यसपछि उनीहरुले साविक ओम शिवम् ट्रेडर्सको नाम परिवर्तन गरी ओम शिवम् ट्रेडर्स प्रालि राखे तीन सदस्यीय नयाँ कम्पनीमा संग्रौलाले ५० लाख आफूले ५० लाख रुपैयाँ शेयर हाल्ने सहमति भएको राजवंशीको भनाई

पुरानो कम्पनीको दायित्व नयाँ कम्पनीले तिरोभरो गर्ने कम्पनीको प्रबन्धपत्रमा उल्लेख थियो तर, राजवंशीले भने सो विषयमा आफूलाई जानकारी नभएको बताएका छन् राजवंशीको नाममा बिर्तामोड मा रहेको एक कठ्ठा १२ धुर कम्पनीको नाममा रहेको तीन कठ्ठा जग्गा राखेर एनआइसी एसियाको सुरुङ्गा शाखाबाट पाँच करोड ५० लाख रुपैयाँ ऋण निकालिएको

मैले ५० लाख शेयर हाल्ने गरी कम्पनीका अध्यक्ष युनिस भेटवालले धनीपुर्जा लग्नुभएको थियो , उनले भने, ‘पछि मालपोतमा जग्गा रोक्का गर्न जाँदा करोड २४ लाख ऋण निकाल्न लागिएको बुझेपछि मैले हुँदैन भनेँ तर यो भ्यालुएसन मात्र हो तपाईंको ऋण ५० लाख मात्र हो भनियो कम्पनीका अध्यक्ष युनिसका बुबा मनोरथ भेटवाल बैंकका कर्मचारीको मिलेमतोमा अधिक मूल्यांकन गरेर ऋण निकालिएको राजवंशीको आरोप

सम्बन्धित समाचार