२०८३ बैशाख १८ गते , शुक्रबार

स्मार्ट लेडी अध्यक्ष उप्रेतीले वृक्षारोपणबाट शुरु गरिन् कार्यकाल

sajilo news
परिवेश मिडिया
२०८२ असार १७ गते , मंगलबार
स्मार्ट लेडी अध्यक्ष उप्रेतीले वृक्षारोपणबाट शुरु गरिन् कार्यकाल

बिर्तामोड लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडी बर्ष २०२५/२६ की अध्यक्ष यशोदा उप्रेतीले आज (जुलाई तारिख)बाट आफ्नो कार्यकाल शुभारम्भ गरेकीछन् अध्यक्ष उप्रेतीले विद्यालय परिसरमा वृक्षारोपण कार्यक्रम गरेर कार्यकाल शुभारम्भ गरेकी हुन्

अध्यक्ष उप्रेतीको नेतृत्वले आज बाह्रदशी गाउँपालिका स्थित पञ्चमणी माध्यमिक विद्यालय परिसरमा वृक्षारोपण गरेका छन् कपुर, अशोक, शिरिस, धुपी लगायत प्रजातिका करिब एक सय बिरुवा रोपिएको अध्यक्ष उप्रेतीले जानकारी दिइन् प्रोटेक्टिङ नेचर, प्रिजर्भिङ टुमरो (प्रकृतिको बचावट, भोलीको संरक्षण) भन्ने मुल नाराका साथ कार्यक्रम आयोजना गरिएको थियो

वृक्षारोपण कार्यक्रममा लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीका संस्थापक अध्यक्ष लीला मैनाली, डिस्ट्रीक्ट पीआरओ सत्यनारायण शर्मा, गेट एरिया वान चिफ डम्बर थापा (साजन), डिस्ट्रीक्ट चिफ निरज ओली, मनोज बस्नेत, पञ्चमणी माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष पशुपति संग्रौला, प्रधानाध्यापक बेदकुमार खरेल, स्मार्ट लेडीका पदाधिकारी तथा सदस्य, विद्यालयका शिक्षकहरुको उपस्थिती रहेको थियो

सम्बन्धित समाचार