२०८३ बैशाख १८ गते , शुक्रबार

निजामती विधेयकमा भएको चलखेलबारे गम्भीर छानबिन हुनुपर्छ : प्रचण्ड

sajilo news
परिवेश मिडिया
२०८२ असार १७ गते , मंगलबार
निजामती विधेयकमा भएको चलखेलबारे गम्भीर छानबिन हुनुपर्छ : प्रचण्ड

झापा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती विधेयकमा भएको चलखेलबारे गम्भीर रुपमा छानबिन हुुनपर्ने अवस्था आएको बताएका छन्

मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् समितिबाट संसदमा जाने क्रममा कहीँ कहीँ चलखेल भएको बताउँदै उनले त्यसमा गम्भीर हुनुपर्ने बताए

सदनमा जाँदा त्यहाँ कहीँ कहीँ चलखेल गरेको देखिएको त्यसको बारेमा गम्भीर रुपमा छानबिन हुनुपर्ने, कारबाही हुनुपर्ने अवस्था आइलागेको ,’ अध्यक्ष प्रचण्डले भने

कर्मचारीतन्त्र भित्र एउटा पक्ष यो विधेयक ल्याउन नदिन पहिल्यैदेखि लागेको भन्दै उनले अहिले पनि त्यस्तै भएको हुनसक्ने बताए

कर्मचारीतन्त्रभित्र एउटा पक्ष संघीय निजामती ऐन यो रुपमा नआओस् भन्न चाहन्थ्यो कहीँ त्यहीँ नै चलखेल भयो कि भन्ने प्रश्न पनि उठेको ,’ प्रचण्डले भने, ‘अहिले मैले कसैलाई ताकेर आरोप लगाउन सक्ने स्थिति छैन यो समग्र प्रक्रियामा कहाँबाट चलखेल भएको हो गम्भीर छानबिन हुनुर्पयो दोषीमाथि कडा कारबाही हुनुर्पयो

कतिपय सांसदले गम्भीर रुपमा संसदीय छानबिन समिति चाहिन्छ भनेको भए पनि राजनीतिक तहमा आफूले छलफल गर्ने प्रचण्डले बताए

यो कुरा गम्भीर कतिपय माननीयले संसदीय छानबिन समिति नै बनाउनुपर्छ भनिरहनुभएको ,’ प्रचण्डले भने, ‘मैले पनि गम्भीर रुपमा लिएको छु राजनीतिक तहसम्म छलफल गर्नुपर्ने मैले बुझेको छु

सम्बन्धित समाचार