२०८३ बैशाख १८ गते , शुक्रबार

फर्निचर उद्योगमा आगलागी हुँदा लाखौंको क्षति

sajilo news
परिवेश मिडिया
२०८२ असार १६ गते , सोमबार
फर्निचर उद्योगमा आगलागी हुँदा लाखौंको क्षति

बिर्तामोड । आइतबार मध्यरातमा झापाको अर्जुनधारा नगरपालिका वडा नं ११ टेकबहादुर गिरी बसपार्कस्थित एक फर्निचर उद्योगमा आगलागी भएको छ । मोतीबहादुर खड्काले सञ्चालन गरेको खड्का फर्निचर उद्योगमा आगलागी हुँदा करिब १२ लाख बराबरको क्षति भएको हो।
आइतबार राति १२ बजे भएको आगलागीबाट उद्योगको काठ चिर्ने मेसिन र त्यहाँ रहेको सम्पूर्ण काठपातहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। विद्युत सर्ट भई आगलागी भएको र उक्त आगलागी आधा घण्टापछि पूर्णरुपमा नियन्त्रणमा लिएको जिप्रका झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । 

सम्बन्धित समाचार