२०८३ बैशाख १९ गते , शनिबार

पूर्व मन्त्री बस्नेतलाई २५ लाख धरौटीमा छाड्न आदेश

sajilo news
परिवेश मिडिया
२०८२ असार १५ गते , आईतबार
पूर्व मन्त्री बस्नेतलाई २५ लाख धरौटीमा छाड्न आदेश

झापा नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहन बहादुर बस्नेतलाई २५ लाख धरौटीमा छाड्न आदेश गरिएको आइतबार थुनछेक बहसपछि विशेष अदालतले उनलाई धरौटीमा छाड्न आदेश गरेको हो

नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिद भ्रष्टाचार मुद्दामा बयान दिन उनी आइतबार अदालतमा उपस्थित भएका थिए । विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा विदुर कोइरालाको इजलासमा उनको बयान थुनछेक भएको थियो

बस्नेत सञ्चार तथा सूचना प्रविधि मन्त्री हुँदा उनैको निर्णयबाट टेरामक्स प्रविधि खरिदको निर्णय भएको थियो अख्तियारले मुद्दा दायर गरेपछि बस्ने सांसद पदबाट निलम्बनमा परेका थिए

पुर्वमन्त्री बस्नेलाई २५ लाख धरौटीमा रिहा गर्ने आदेश भएको विशेष अदालतका उपरजिष्टार कृष्णशरण लामिछानेले बताए

सम्बन्धित समाचार