२०८३ बैशाख १८ गते , शुक्रबार

पत्रकार शम्भु श्रेष्ठ र एमपी सुब्बालाई २५ हजारका दरले धरौटी माग

sajilo news
परिवेश मिडिया
२०८२ असार १२ गते , विहीबार
पत्रकार शम्भु श्रेष्ठ र एमपी सुब्बालाई २५ हजारका दरले धरौटी माग

काठमाण्डौ विशेष अदालतले दृष्टि साप्ताहिक एवं अनलाइनका सञ्चालक शम्भु श्रेष्ठ सम्पादक एमपी सुब्बालाई २५र२५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरसहित सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा विदुर कोइरालाको इजलासले दुवैजनालाई २५ हजार रुपैयाँका दरले धरौटी मागेको हो

विचाराधीन मुद्दाबारे निरन्तर समाचार लेखेर अदालतको अवहेलना गरेको भनी कर्मचारीहरूले तयार पारेको प्रतिवेदनका आधारमा विशेष अदालतले अवहेलनाको कारबाही अघि बढाएको थियो

विशेष अदालतका सबै न्यायाधीश सम्मिलित वृहत इजलासले प्रतिवेदनमाथिको प्रारम्भिक सुनुवाइपछि दृष्टिका सञ्चालक श्रेष्ठ सम्पादक सुब्बालाई बयानका लागि बोलाउन आदेश दिएको थियो

सम्बन्धित समाचार