२०८३ बैशाख १८ गते , शुक्रबार

कोशीका २३ स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहिन

sajilo news
परिवेश मिडिया
२०८२ असार १२ गते , विहीबार
कोशीका २३ स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहिन

बिर्तामोड स्थानीय तहहरुले आगामी आर्थिक बर्षका लागि बजेट ल्याउने समयमा कतिपय स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहिन बनेको पाइएको गत मंगलबार पालिकाहरुले आगामी बर्षको बजेट सार्वजनिक गरिरहँदा कोशीमा २३ स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहिन रहेको पाइएको हो

सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार कोशी प्रदेशमा २३ पालिकामा प्रमुख प्रशासकीय अधिकृत पदमा पदपूर्ति भएको छैन

कोशीको एक उपमहानगर, नगरपालिका १८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत दरबन्दी अनुसार नभएका हुन् १३७ स्थानीय तहमध्ये ११३ पालिकामा भने दरबन्दी अनुसार पदपूर्ति भएका छन्

पूर्वमुख्य सचिव विमल कोइरालाले संघीय सरकाले स्थानीय तह प्रतिगैरजिम्मेवारीपन देखाएको टिप्पणी गरे   ‘यो हेलचेक्र्याइँ हो, जनताले डेलिभरी पाउने ठाउँमा कर्मचारी नपठाएर हुन्छ ?उनले भने   संघीयताप्रति संघीय सरकारको दायित्व बोध छैन भन्ने कुरा यस्तै कुराले देखाउने उनको टिप्पणी

सबैभन्दा व्यस्त हुनुपर्ने ठाउँमा कर्मचारी नपठाइराख्नु नै सरकार गम्भीर छैन भन्ने देखिन्छ, उनले भने, ‘यसले स्थानीय तहको प्रशासनिक काममा बाधा पुग्छ, कार्यसम्पादन मै असर पुग्छ यस्तो कुरामा सरकार चुक्नु हुँदैन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता तथा सहसचिव कालीप्रसाद पराजुलीले कर्मचारी अभावका कारण प्रमुख प्रशासकीय अधिकृत रिक्त भएको दाबी गरे   ‘प्रत्येक महिनाजसो २/३ जना कर्मचारी खाली भइरहन्छन् कोही मुद्दा परेर तानिन्छन्, कोही बिरामी हुन्छन्   तर पनि स्थानीय तहको काम प्रभावित भएको छैन,’  उनले भने

सम्बन्धित समाचार