२०८३ बैशाख १९ गते , शनिबार

दृष्टिका सम्पादक शम्भु श्रेष्ठलाई अदालतमा उपस्थित गराउन आदेश

sajilo news
परिवेश मिडिया
२०८२ असार १० गते , मंगलबार
दृष्टिका सम्पादक शम्भु श्रेष्ठलाई अदालतमा उपस्थित गराउन आदेश

काठमाण्डौ विशेष अदालतको बृहत इजलासले दृष्टि साप्ताहिकका प्रकाशक शम्भु श्रेष्ठ लगायतलाई बयानका लागि तीन दिनभित्र उपस्थित हुन आदेश दिएको

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर सहित सदस्यहरु तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा विदुर कोइरालाको इजलासले अदालतको अवहेलना सम्वन्धी प्रतिवेदनमाथिको छलफलपछि दृष्टिका संस्थापक श्रेष्ठसहित कार्यकारी सम्पादक एमपी सुब्बालाई उपस्थित हुन आदेश दिएको हो

विशेष अदालतले अवहेलना आकर्षित हुने गरी प्रकाशित भएको भनिएको समाचारमा कुनै परिमार्जन नगरी यथास्थितिमा राख्न पनि आदेश दिएको यस्तै अवहेलनाको मुद्दालाई फौजदारी लगतमा समावेश गर्न आदेश दिएको फौजदारी लगतमा परेको अवहेलना मुद्दामा आरोपितहरुलाई अदालतमा उपस्थित नै गराएर बयान लिइन्छ

विशेष अदालतका जना कर्मचारीहरुले दृष्टि साप्ताहिक अनलाइनमा प्रकाशित समाचारले अवहेलना भएको भन्दै प्रतिवेदन पेश गरेका थिए त्यही प्रतिवेदनमाथि सुनुवाइ गर्न जना न्यायाधीश सम्मिलित इजलास गठन भएको थियो

सम्बन्धित समाचार