२०८३ बैशाख १८ गते , शुक्रबार
कमलस्थित कृष्णेखोला किनारमा बालकको शव फेला
बिर्तामोड । झापाको कमल गाउँपालिका १ स्थित कृष्णेखोलाको किनारमा एक बालकको शव फेला परेको छ। । मङ्गलबार बिहान अन्दाजी ७:३० बजे उक्त शव फेला परेको प्रहरीले जनाएको छ।
खोला किनारमा नग्न अवस्थामा फेला परेको उक्त शव कमल गाउँपालिका वडा नं. १ बस्ने मिङमारेन्जे शेर्पाको छोरा बर्ष १२ को सुसान शेर्पाको भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
सुसान आइतबार कसैलाई जानकारी नगराई घरबाट हिँडेको र सबैतिर खोजतलास गर्दा समेत फेला नपरेपछि सोमबार ३ बजे बुवा मिङमारेन्जे शेर्पाले प्रहरी चौकी तोपगाछीमा हुलिया निवेदन दिएका थिए ।
घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।