२०८३ बैशाख १८ गते , शुक्रबार

झापामा हात्ती समस्या समाधानकालागि प्रतिबद्धता

sajilo news
परिवेश मिडिया
२०८२ असार ९ गते , सोमबार
झापामा हात्ती समस्या समाधानकालागि प्रतिबद्धता

झापा झापाको हात्ती समस्या समाधान गर्न सरकारले प्रतिबद्धता जनाएको   झापाका हात्ती पीडित तथा सरोकारवालासँगको छलफलमा सरकारले त्यस्तो प्रतिबद्धता जनाएको हो  

नेपाली कांग्रेसका महामन्त्री तथा झापा का सांसद विश्वप्रकाश शर्माको संयोजनमा सम्पन्न छलफलमा सरकारका तर्फबाट वनमन्त्री ऐनबहादुर शाहीले समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका हुन् छलफलमा सांसद शर्माले १५ बुँदे कार्ययोजना प्रस्तुत गरेका थिए  

सांसद शर्माको सचिवालयमा सम्पन्न छलफलमा वनमन्त्री शाही, बाहुण्डाँगी समाजका हिरा आचार्य, नवीन बराल, सन्तोष न्यौपाने, राजेन्द्र खनाल, मनबहादुर राई, मीन राई, गणेश बरालदीलिप सोङमेन, नेपाली कांग्रेस झापा काठमाण्डौ सम्पर्क समितिका सभापति प्रज्वल कोइराला लगायत सहभागी थिए

पछिल्लो समय मेचीनगर नगरपालिकाको उत्तरी क्षेत्र  बाहुनडाँगी, बुद्धशान्ति गाउँपालिकाको खारखोला तथा पूर्वी क्षेत्र  भद्रपुर नगरपालिकाको विभिन्न स्थान, कचनकवल, हल्दिबारी, बाह्रदशी गाउँपालिका तथा माइपश्चिमका क्षेत्रमा  हात्ती आतंक बढेपछि विभागीय मन्त्रीसहित काठमाण्डौमा छलफल भएको हो

छलफलको सांसद शर्माले संघ प्रदेश दुवै वनमन्त्रीको उपस्थितिमा गतवर्ष दिइएको लिखित सुझावका बारेमा मन्त्री शाहीको ध्यानाकर्षण गराएका थिए   शर्माले हात्ती पीडित स्थानीय नागरिकले स्थानीय तहसमक्ष प्रस्तुत गरेका २२ बुँदे मागका बुँदाहरु प्रस्तुत गरेपछि छलफल त्यसमा केन्द्रित भएको सांसद शर्माको सचिवालयले जनाएको

भारतीय पक्षसँग संवाद गरेर पारिबाट आउने हात्ती त्यतै रोक्ने, मेची किनारमा विगतमा बनाइएको सोलार फेन्सिङ जीर्ण बन्दै गएकाले १८ किलोमिटर  नयाँ मोडलको सोलार फेन्सिङ निर्माण, मेची नदीमा सुरु जनताको तटबन्धलाई पूर्णता दिने, त्यस माथि सोलार फेन्सिङ तटबन्ध निर्माणका लागि बजेटको व्यवस्था, प्रभावित क्षेत्रमा पर्याप्त सडक बत्ती जडान गर्न स्थानीय तहलाई बजेट उपलब्ध गराउने विषयमा छलफल केन्द्रित थियो

सम्बन्धित समाचार