२०८३ बैशाख १९ गते , शनिबार

सशस्त्र प्रहरीद्वारा साढे तीन लाखको सामान बरामद

sajilo news
परिवेश मिडिया
२०८२ असार ९ गते , सोमबार
सशस्त्र प्रहरीद्वारा साढे तीन लाखको सामान बरामद

बिर्तामोड सशस्त्र प्रहरीले साढे तीन लाखको अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको मोबाइल पार्टस इलेक्ट्रोनिक्स सामान बरामद गरेको सोमबार शसस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टाको टोलीले भारतबाट भन्सार छलि गरी नेपाल ल्याउँदै गरेको लाख ५५ हजार सात सय रुपैँया बराबरको मोबाइल पार्टस इलेक्ट्रोनिक्स सामान बरामद गरेको हो

सशस्त्र प्रहरी नायव उपरीक्षक शस्शेरबहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले मेचीनगर जोरसिमलबाट सोमबार २:३० बजे ती सामान बरामद गरेको हो बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं.  गण हेक्वा झापाका सुचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन पोखरेलले जानकारी दिए

सम्बन्धित समाचार