२०८३ बैशाख १९ गते , शनिबार
बन्द कोठाभित्र युवतीको शव भेटियो
झापा । बाहिरबाट ताला लगाएको कोठाभित्र एक युवतीको शव फेला परेको छ । धनगढीमा उपमहानगरपालिका–२ को बैयाबेहडीमा सोमबार बिहान ३० वर्षीया रेणु चौधरी मृत फेला परेकी हुन् । उनी कञ्चनपुरको पुनर्वास नगरपालिका–११ अमरबस्तीकी रहेको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजकुमार सिंहका अनुसार मृतक चौधरी त्यहाँ कोठा भाडामा बस्दै आएकी थिइन् ।
कोठाको ढोकामा बाहिरबाट ताल्चा लगाएको अवस्थामा उनी मृत भेटिएको डीएसपी सिंहले जानकारी दिए ।
घटनास्थल सिल गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।