२०८३ बैशाख १८ गते , शुक्रबार

अमेरिकाले भुटान फिर्ता गरेपछि खेदिएका भुटानी शरणार्थीहरुको बारेमा यस्तो भयो निर्णय

sajilo news
परिवेश मिडिया
२०८२ असार ८ गते , आईतबार
अमेरिकाले भुटान फिर्ता गरेपछि खेदिएका भुटानी शरणार्थीहरुको बारेमा यस्तो भयो निर्णय

बिर्तामोड अमेरिकाले भुटान फर्काएपछि नेपाल छिरेका जना भुटानी शरणार्थीहरुको बिषयमा जरिवाना लिने स्थानहद तोकेर बस्ने व्यवस्था मिलाउने निर्णय भएको तेस्रो मुलुक पुनर्वास भएका १२ जना भुटानी शरणार्थीहरूलाई गएको चैतमा अमेरिकाले निष्कासन गर्दै भुटान फर्काएको थियो ती मध्ये आशिष सुवेदी, रोशन तामाङ सन्तोष दर्जी अशोक गुरूङ नेपाल प्रवेश गरेका थिए भने अन्य जनाको अवस्था अज्ञात रहेको बताइएको

अमेरिकी अध्यागमन निकाय इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्टका अधिकारीहरूले पारो विमानस्थलमा भुटानी अधिकारीहरूलाई ती शरणार्थीहरू बुझाएका थिए भुटानी अधिकारीहरुले जिम्मा बुझेका ती शरणार्थीहरुलाई भुटानले कागजपत्र जफल गरी खाजा खुवाएर केहि खर्च दिएर त्यहाँबाट लखेटेको थियो

त्यसमध्ये चार जना गएको चैतको तेस्रो साता नेपालमा पक्राउ परेका थिए एउटा बन्दी प्रत्यक्षीकरण रिटमा आदेश दिँदै सर्वोच्च अदालतले उनीहरूलाई तत्कालका लागि स्थानहद तोकेर झापाको बेलडाँगी शरणार्थी शिविर वा अन्य उपयुक्त स्थानमा राख्न प्रचलित कानुन बमोजिमको अनुसन्धान ६० दिन भित्र सम्पन्न गराउन आदेश दिएको थियो

अमेरिकाबाट निष्कासित शरणार्थीहरूमध्ये तीन जना अदालतको आदेशपछि बेलडाँगी शरणार्थी शिविर एक जना मोरङको पथरी शिविरमा बस्दै आएका छन्

के निर्णय भयो ?

सर्वोच्च अदालतले अध्यागमन विभागलाई ती व्यक्तिहरूबारे एउटा निष्कर्षमा पुग्न असार गतेसम्मको समयसीमा दिएको थियो

गृह मन्त्रालयमा चरणबद्ध छलफलपछि नेपाली अधिकारीहरू नेपालबाट संयुक्त राज्य अमेरिकाले तेस्रो देशमा पुनर्वास गराएका अहिले ट्रम्प प्रशासनले भुटान फर्काएपछि अवैध रूपमा नेपाल प्रवेश गरेका भुटानी शरणार्थीबारे एउटा निर्णयमा पुगेका हुन्

अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालले भने, ‘वहाँहरूको व्यवस्थापन कसरी गर्ने भन्नेबारे नेपालको अध्यागमन सम्बन्धी ऐन २०४९ नियमावली २०५१ मा यस्तो प्रकृतिको सन्दर्भमा स्पष्ट व्यवस्था नभएकाले केही विषयहरू गृहमन्त्रालयसँगसमेत परामर्श गरेर निर्णय गरेका छौँ

उनले भने, ‘अध्यागमन ऐनमा कुनै पनि नागरिकले विनाभिसा राहदानी प्रवेश गर्न पाउने छैन भन्ने व्यवस्था छ। यति व्यवस्था हुँदा हुँदै पनि निजहरू साबिकमा नेपालमा शरणार्थी शिविरमा बसेको तेस्रो देश पुनर्वास भएर अमेरिका गएको देखिन्छ हामीले गृह परराष्ट्र मन्त्रालयसँग पनि समन्वय गर्नुपर्ने देखिएको

सर्वोच्च अदालतको आदेश आकर्षित हुने चार जनामध्ये दुई जना भुटानमा नै जन्मिएको दुई जनाको नेपालमा जन्म भएको बताइएको

उनीहरूले अमेरिकाको सवारी चालक अनुमति पत्र, स्थायी बसोबासको अनुमति पत्र, सोसिअल सेक्युरिटी कार्ड जस्ता कतिपय कागजपत्र प्रस्तुत गरेको अधिकारीहरू बताउँछन् उनका अनुसार भिसा राहदानी विना नेपाल प्रवेश गरेको देखिएका हुनाले ती चार जना भुटानीहरूका हकमा पाँचपाँच हजार रुपियाँ जरिवाना तोकिएको

उनले भने, ‘थुनामा रहेको अवधि भरका लागि भिसा शुल्क लाग्दैन तर पछि भिसा शुल्क लिएर भिसालाई नियमित गर्ने भन्ने पनि निर्णय भएको तर कसैसँग पनि राहदानी छैन उनीहरूलाई आफ्नो देशको राहदानी भिसा पेस गर्नु भन्ने पनि निर्णय भयो तर कागजात पेस नगर्दासम्म अहिले स्थान हद तोकिएको ठाउँमा नै बाहिर नजाने नियमित रूपमा प्रहरीसामु उपस्थित हुने गरी स्थान हद तोकेर बस्ने मिल्ने व्यवस्था मिलाउन अध्यागमन कार्यालय काकरभिट्टालाई पत्राचार गरेका छौँ

सम्बन्धित समाचार