२०८३ बैशाख १८ गते , शुक्रबार

कन्काई नहरमा हामफालेका वृद्धको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८२ असार ८ गते , आईतबार
कन्काई नहरमा हामफालेका वृद्धको मृत्यु

बिर्तामोड । झापाको शिवसताक्षी नगरपालिकास्थित कनकाई नहरमा हामफालेका एक वृद्धको मृत्यु भएको छ । शिवसताक्षी–७ ब्याङडाँडाका ७८ वर्षीय राधाकृष्ण सोडारीको मृत्यु भएको हो ।
सोडारीले आज बिहान ८:५० बजे घरबाट अन्दाजी एक किलोमिटर पश्चिम शिवशताक्षी ७ र ११ को बीचमा रहेको नहरमा हाम फालेको प्रहरीले जनाएको छ।
चोकतिर घुम्न जान्छु भने हिँडेका सोडारीको शव घटनास्थलबाट ५०० मिटर पर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
स्थानीयवासीका अनुसार सोडारीले घर पश्चिम कन्काई नहरमा हामफालेको देखेपछि केहीले उद्धार प्रयास गरेका थिए। तर, घटनास्थल नहरको साइफन नजिक भएकाले तत्काल उद्धार गर्न सम्भव भएन । प्रत्यक्षदर्शी एकजनाले भने, 'हामीले देख्यौं, तर साइफनको भेलले उहाँलाई तत्कालै बगायो। निकाल्न सक्ने स्थिति थिएन।'
नहरको पानीले सोडारीलाई वडा नम्बर ११ स्थित साइफनमा लगेर अड्काएको थियो । पछि स्थानीय र प्रहरीको सहयोगमा उनको शव निकालिएको छ। घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली पुगेको र कानूनी प्रकृया अनुसार मुचुल्का उठाउने काम भइरहेको छ।
सोडारीले आत्महत्या गर्नुपर्ने कारण खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

सम्बन्धित समाचार