२०८३ बैशाख १८ गते , शुक्रबार

भिक्टोरीद्वारा आफ्ना खेलाडी र अभिभावकको आँखा जाँच

sajilo news
परिवेश मिडिया
२०८२ असार ८ गते , आईतबार
भिक्टोरीद्वारा आफ्ना खेलाडी र अभिभावकको आँखा जाँच

बिर्तामोड भिक्टोरी मार्सल आर्टस एण्ड स्पोर्टस् एकेडेमीले आफ्ना खेलाडी अभिभावकको आँखा जाँचका लागि शिविर आयोजना गरेको शनिवार आयोजित शिविरमा ९० जना खेलाडी अभिभावकले आँखा जाँच गराएका छन्

बिर्तामोड स्थित नेवा भवनमा रहेको एकेडेमीको हलमा आयोजित शिविरमा बिर्तामोड आँखा अस्पतालले प्राविधिक सहयोग गरेको थियो शिविरमा डा. सञ्जोग गड्तौलाको नेतृत्वमा प्राविधिक टीमले काम गरेको थियो

एकेडेमीका सञ्चालक सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न शिविरका प्रमुख अतिथी बिर्तामोड का वडा सदस्य केशवकुमार श्रेष्ठले खेलाडीहरुको आँखा स्वस्थ हुन जरुरी रहेको भन्दै शिविरले परीक्षणमा केहि मद्दत पुग्ने विश्वास व्यक्त गरे

बिर्तामोड४ नम्बर वडा कार्यालयसँगको समन्वयमा शिविर सञ्चालन भएको हो औपचारिक कार्यक्रम स्थानीय नारायण सिलवालले सञ्चालन गरेका थिए । एकेडेमीका सञ्चालक थापाले शिविर सञ्चालनका लागि सहयोग गर्ने वडा कार्यालय, बिर्तामोड आँखा अस्पताल र सहभागी सम्पूर्णलाई धन्यवाद दिए । 

 

सम्बन्धित समाचार