२०८३ बैशाख १९ गते , शनिबार

प्रेस सेन्टरमा आबद्ध नवप्रवेशीहरुलाई स्वागत

sajilo news
परिवेश मिडिया
२०८२ असार ७ गते , शनिबार
प्रेस सेन्टरमा आबद्ध नवप्रवेशीहरुलाई स्वागत

बिर्तामोड प्रेस सेन्टर नेपालमा जना पत्रकारहरु प्रवेश गरेका छन् शनिबार दमकमा आयोजित एक कार्यक्रमका बिच उनीहरु प्रेस सेन्टर नेपालमा आवद्ध भएका हुन्

नेपाल एक्सप्रेस मिडिया डटकमका सञ्चालक चन्द्रमान राईसहित उनीहरु प्रेस सेन्टरमा आबद्ध भएका हुन् संगठनमा आबद्ध आयुष्मा परियार, गणेश भट्टराई, किस्मिका पोखरेल, उमेश खत्री प्रिपेश श्रेष्ठलाई नेकपा माओवादी केन्द्र नम्बर प्रदेशका संसदीय दलका नेता तथा पूर्व मन्त्री इन्द्र आङ्बो (मौसम), प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव दिपीन राई, झापा अध्यक्ष पुष्प खड्कालगायतले खदा अबिर लगाएर संगठनमा स्वागत गरेका थिए

कार्यक्रममा बोल्दै नवप्रवेशी चन्द्रमान राईले प्रेस सेन्टर नेपालमात्र भ्रष्टाचार विरुद्ध सुशासनको अभियानमा उभिएको संगठन महशुस गरि यसमा प्रवेश गरेको बताए

कार्यक्रममा प्रेस सेन्टरका केन्द्रीय सचिव दिपीन राईले प्रेस सेन्टरले गरिरहेका गतिविधीहरुका बारेमा जानकारी गराएका थिए

संगठनमा प्रवेश गरेका नवप्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथी आङ्बोले बधाई तथा शुभकामना दिए उनले प्रेस सेन्टर श्रमजीवी पत्रकारहरुको संगठन भएकाले ढुक्क भएर काम गर्न उनीहरुलाई आग्रह गरे

कार्यक्रममा प्रेस सेन्टर नेपालका निवर्तमान केन्द्रीय सचिव विमल लामिछाने, केन्द्रीय सदस्य राम योङहाङ, नम्बर प्रदेशका सचिव डिकेश लामा लगायत सहभागी थिए

प्रेस सेन्टर नेपाल झापा अध्यक्ष पुष्प खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रम उपाध्यक्ष होमप्रकाश अधिकारीले सञ्चालन गरेका थिए

 

सम्बन्धित समाचार