२०८३ बैशाख १८ गते , शुक्रबार

एम्नेष्टि इन्टरनेशनल समूह ५८ को २१औँ बार्षिक साधारणसभा सम्पन्न

sajilo news
परिवेश मिडिया
२०८२ असार ७ गते , शनिबार
एम्नेष्टि इन्टरनेशनल समूह ५८ को २१औँ बार्षिक साधारणसभा सम्पन्न

बिर्तामोड एम्नेष्टि इन्टरनेशनल समूह ५८, बिर्तामोडको २१औँ बार्षिक साधारणसभा सम्पन्न सम्पन्न भएको एम्नेष्टिले शनिबार बिर्तामोडमा एक कार्यक्रम आयोजना गरि बार्षिक साधारणसभा सम्पन्न गरेको हो

कार्यक्रममा समूह ५८ का पूर्व संयोजकहरु लोकनाथ पौडेल, सुरेशकुमार अग्रवाल (भद्रपुरे), पदमसुन्दर लामिछाने, देविभक्त श्रेष्ठ, परासर दाहाल एम्नेष्टि अभियानमा लामो समय बिताउनु भएका शिरोमणी खतिवडा (सिरो सान्दाई)लाई सम्मान गरिएको थियो

कार्यक्रमका अधिकांश वक्ताहरुले नेपालमा मानवअधिकारको अवस्था दिनहुँ विग्रँदै गएको बताए एम्नेष्टि इन्टरनेशनल यसमा आवद्ध मानवअधिकारको क्षेत्रमा काम गर्नेहरुले मानवअधिकार रक्षाका लागि थप काम गर्नुपर्ने उनीहरुको धारणा थियो

कार्यक्रममा मानवअधिकार सञ्जाल झापाका अध्यक्ष डा. रुपक खनाल, एम्नेष्टि इन्टरनेशनल समूह ५८ बिर्तामोडका पूर्व संयोजक सुरेशकुमार अग्रवाल (भद्रपुरे), देविभक्त श्रेष्ठ, लोकनाथ पौडेल, मानव अधिकार रक्षक परिषद कोशी प्रदेशका सचिव दिपक दास, नेपाल बार एसोशिएसन झापाका सदस्य नरेश खातीलगायतले शुभकामना मन्तव्य राखेका थिए

एम्नेष्टि इन्टरनेशनलका राष्ट्रिय उपाध्यक्ष केशव पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम टीकाराम धमला (रञ्जन)को अध्यक्षतामा सम्पन्न भएको थियो

सहभागीहरुलाई संस्थाका कोषाध्यक्ष बालकुमारी रसाइलीले स्वागत गरेकी थिइन् भने सचिव विकास कोइरालाले सञ्चालन गरेका थिए

 

 

 

सम्बन्धित समाचार