२०८३ बैशाख १९ गते , शनिबार

कम्युनिष्टको मुख्य शक्ति किसान

sajilo news
परिवेश मिडिया
२०८२ असार ६ गते , शुक्रबार
कम्युनिष्टको मुख्य शक्ति किसान

अर्जुनधारा कम्युनिष्ट पार्टीको मुख्य शक्ति किसान महासंघ भएको अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का केन्द्रीय उपाध्यक्ष केपी बरालले बताएका छन्

३४औं जुगेडी किसान संघर्ष दिवसमा अर्जुनधारामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका बरालले त्यसताका पार्टी प्रतिवन्धको समयमा समेत किसान संघबाट पार्टी गतिविधिहरु गर्दै यो परिवर्तन सम्भव भएको बताएका हुन्

उनले शोषकहरु विरुद्ध किसानहरुले संघर्ष गरी विद्रोह गर्दा आजकै दिन चितवनको जुगेडीमा दशरथ चेपाङ सन्तबहादुर प्रजालाई हत्या गरिएको बताउँदै यो सुखको नभई दुःखको दिन भएको बताए

कार्यक्रमका विशिष्ट अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिकुमार रानाले किसानहरुको त्याग बलिदानका विषयमा बोल्दै अब विरोधका निम्ति विरोध होइन निर्माणका लागि कार्यक्रमहरु अगाडि सार्दै जानुपर्ने बताए

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) नम्बर प्रदेशको आयोजनामा भएको कार्यक्रममा उपाध्यक्ष ताराप्रसाद सुवेदी, कोषाध्यक्ष कल्पना घिमिरे, अनुशासन विभाग प्रमुख दुर्गाबहादुर बुर्जा मगर, केन्द्रीय लेखा संयोजक इश्वरी पाण्डे लगायतले आफ्नो विचार राखेका थिए

सोही कार्यक्रमका बीच शहीद परिवारका सदस्यहरुलाई सम्मान गरिएको थियो जनयुद्धकालमा झापा किसान संघमा रहँदा शहीद भएका खगेन्द्रप्रसाद दंगाल (अमर)की आमा पवित्रा दंगाललाई दोसल्ला सम्मानपत्रले सम्मान गरिएको थियो

त्यस्तै जनयुद्धकै समयमा शहीद भएका विष्णुमाया तोयानाथ आचार्यकी आमा तिलरुपा आयार्च अमरबहादुर डाँगीका बुबा दुर्गाबहादुर डाँगीलाई दोसल्लाले सम्मान गरिएको थियो उनीहरुलाई प्रमुख अतिथि बराल, केन्द्रीय सदस्य राना लगायतले सम्मान गरेका थिए

महासंघ अध्यक्ष घनश्याम थापाको अध्यक्षतामा भएको कार्यक्रममा किसान महासंघ झापाका संयोजक शंकर सेढाईले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव रुद्र अधिकारीले गरेका थिए कार्यक्रममा नम्बर प्रदेशका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो

सम्बन्धित समाचार