२०८३ बैशाख १९ गते , शनिबार

ट्राफिक सप्ताह शुरु भएकै दिन सवारी दुर्घटनामा परि एक जनाको मृत्यु, दुई जना घाइते

sajilo news
परिवेश मिडिया
२०८२ असार ६ गते , शुक्रबार
ट्राफिक सप्ताह शुरु भएकै दिन सवारी दुर्घटनामा परि एक जनाको मृत्यु, दुई जना घाइते

बिर्तामोड । सडक अनुशासन र सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सप्ताह सुरु भएकै दिन झापामा सवारी दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ ।
शुक्रबार बिहान अन्दाजी ११:३५ बजे झापा गाउँपालिका वडा नम्बर ४ चौधरीचोक स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा स्थानीय २२ वर्षीय साहिदुल हकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
पन्थपाडाबाट झापा बजारतर्फ जादै गरेको अन टेस्ट बाइक आफै अनियन्त्रित भै पल्टिँदा मोटरसाइकल चालक स्थानीय २४ वर्षीय ईनरुल भन्ने फकिर अलि र साहिदुल घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पठाइएकोमा १२:५५ बजे उपचारको क्रममा साहिदुलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
त्यस्तै सोही मोटरसाइकलको पछाडि सवार अर्का सोही स्थान बस्ने २१ वर्षीय सोहिल मिया घाइतेको भएको र विर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार