२०८३ बैशाख १९ गते , शनिबार

जंगली हात्तीको आक्रमणबाट घाइते श्रेष्ठको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८२ असार ६ गते , शुक्रबार
जंगली हात्तीको आक्रमणबाट घाइते श्रेष्ठको मृत्यु

बिर्तामोड । झापाको मेचीनगरमा जङ्गली हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका पूर्णबहादुर श्रेष्ठको निधन भएको छ। मेचीनगर नगरपालिका वडा नम्बर १ दुर्जन चोक बस्ने ६८ वर्षीय श्रेष्ठको बिहिबार बेलुका ८:२० बजे निधन भएको हो ।
श्रेष्ठलाई असार २ गते बिहान अन्दाजी ४:३५ बजे हात्तीले आक्रमण गरेको थियो। बारीमा जङ्गली हात्ती आएको देखेर लखेट्ने क्रममा हात्तीले श्रेष्ठलाई आक्रमण गर्दा उनी गम्भीर घाइते भएका थिए। उनलाई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा बिहिबार साँझ ५ बजे उपचार हुन नसक्ने भएपछि छोरा तेजबहादुर श्रेष्ठले घरतर्फ लगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

सम्बन्धित समाचार