डीएसपी तिम्सिनालाई पितृशोक
दमक । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिनालाई पितृशोक परेको छ ।
दुधौली नगरपालिका २ सिन्धुली, स्थायी बसोबास रहेका डिएसपी तिम्सिनाका पिता केदारनाथ तिमल्सिनाको ७० वर्षको उमेरमा निधन भएको हो । तिमल्सिनाको बुधबार निधन भएको हो ।
२०१२ साल चैत्र ८ गते बुधबार जन्मिएका तिमल्सिनाका श्रीमती कमलादेवी र तीन छोरा बुहारी रहेका छन्। तीनजना छोरा बुहारी नै सरकारी सेवामा कार्यरत रहेको पारिवारिक स्रोतले जनाएको छ।
डिएसपी तिमल्सिना केदारनाथका कान्छा छोरा हुन् ।
उनका जेठा छोरा टंकप्रसाद र माइला छोरा खगेन्द्र शिक्षण पेशामा आबद्ध छन् ।
उनका छोरा बुहारीहरूमा टंकप्रसाद-गीता कुमारी, खगेन्द्र-प्रला, रामप्रसाद-लक्ष्मी तिमल्सिना रहेका छन्।
केदारनाथकी कान्छी बुहारी लक्ष्मी विराटनगर नर्सिङ क्याम्पसमा सह प्राध्यापकको रुपमा कार्यरत रहेकी छिन् ।