२०८३ बैशाख १९ गते , शनिबार

एशियन हाइवेको पश्चिम खण्डमा कालोपत्रे बिच्छ्याउन शुरु

sajilo news
परिवेश मिडिया
२०८२ असार ५ गते , विहीबार
एशियन हाइवेको पश्चिम खण्डमा कालोपत्रे बिच्छ्याउन शुरु

बिर्तामोड सडक सञ्जालबाट एसियाली राष्ट्रहरूलाई जोड्ने उद्देश्यका साथ निर्माण थालिएकोएसियन हाइवे को काँकडभिट्टालौकहीखण्ड कालोपत्र गर्न सुरु भएको

निर्माणाधीन एसियन हाइवे आयोजना पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत् प्रजापतिका अनुसार मंगलबारबाट मोरङको लक्ष्मीमार्गबाट एक लेन कालोपत्रको काम सुरु भएको हो

निर्माण सम्झौता भएको १५ महिनामा करिब २३ प्रतिशत काम भएको सडकमा काँकडभिट्टाबाट लौकहीसम्मको १२० किलोमिटर सडक स्तरोन्नति हुनुपर्नेमा अहिले ९५.७६ किलोमिटरमा काम भइहरेको पूर्वी पश्चिम खण्डमा विभाजन गरेर काम भइरहेकोमा पश्चिम खण्डमा कालोपत्रे सुरु भएको हो

चालु आर्थिक वर्षभित्र पश्चिम खण्डमा कम्तीमा १० किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य रहेको आयोजना पूर्वीखण्ड दमक कार्यालयका प्रमुख सुनिलबाबु पन्तका अनुसार पूर्वी खण्डमा २१ प्रतिशत काम सम्पन्न भएको पूर्वी खण्डमा पनि चालु आवमा १० किलोमिटर कालोपत्र गर्ने लक्ष्य पूर्वी खण्डमा ५० पश्चिममा ७० वटा कल्भर्ट निर्माण भएका छन्

बजार क्षेत्रमा ५० मिटर, जंगलमा २४ मिटर ग्रामीण क्षेत्रमा ३३ मिटर चौडा हुने सडक एसियाली विकास बैंकको ऋण सहयोगमा २०८० साल माघ १९ गतेदेखि निर्माण सुरु भएको हो सडकमा सहरी क्षेत्रमा मानिसको मुभमेन्ट हुने भएकाले सर्भिस लेन निर्माण हुन्छ जहाँ स्थानीय स्तरमा गुड्ने गाडीहरू सञ्चालन हुन्छन् सहरी क्षेत्रका सडकहरू लेनका हुनेछन् चार लेन सडकमा चल्ने तीव्र गतिका गाडीहरूलाई साना सवारी साधनहरूले अवरोध नपु¥याउने गरी लेन व्यवस्थापन गर्ने योजना

काँकडभिट्टादेखि लौकहीसम्म सडकबाहेक ६९ वटा कल्भर्ट, सय मिटरभन्दा लामो वटा पुल सय मिटरभन्दा कमको २८ वटा पुल निर्माण हुनेछ झापाको रतुवा माई, मोरङको बक्राहा लोहन्द्रामा सय मिटरभन्दा लामो पुल निर्माण हुनेछ

झापाको सितापुरीदेखि इटहरीको लवीपुरसम्म जम्मा ९५.७ किलोमिटरको काम अहिले भइरहेको पूर्वी खण्डमा ४५ किलोमिटर पश्चिम खण्डमा ५९.७ किलोमिटर सडकको काम भइरहेको

सडकमा विभिन्न स्थानमा डाइभर्सन निकालेर अहिले कल्भर्ट तथा पुलको काम भइरहेको बर्खाअघि सबै क्षेत्रका डाइभर्सनक्लोज गर्ने योजना रहेको काँकडभिट्टालौकही सडक आयोजना पश्चिम खण्ड इटहरी कार्यालयका सूचना अधिकारी इन्जिनियर पल्लव श्रेष्ठले जानकारी दिए सडक निर्माणको प्रगति चुनौतीहरूको मूल्यांकन गर्न हरेक महिनाको सुरुमा समन्वय बैठक बस्ने गरिएको

सडकखण्ड अन्तर्गत इटहरीमा तीनवटाओभरपास बन्नेछन् इटहरी खण्डमा बूढी खोलादेखि लवीपुरसम्म तीनवटा ओभरपास बन्नेछ इटहरी चोकमा एउटा ओभरपास बन्नेछ जहाँ पूर्वपश्चिम हाइवे अन्तर्गत सवारी साधन माथिबाट सञ्चालन हुनेछ भने उत्तरदक्षिणको क्रसिङ तलबाट हुन्छ

इटहरी चोकमा एउटा, इटहरी चोकभन्दा पूर्वतिर तालतलैया जाने क्षेत्रमा अर्को पश्चिमतर्फ इटहरी बसपार्कबाट हाइवे आउने बाटोको कलंकीमा अर्को ओभरपास बन्नेछ आरइ वाल कन्स्ट्रक्सन गरेरओभरपास बन्ने आयोजनाले जनाएको

इटहरी चोकमा भने ४२ मिटरको चौडाई साढे मिटरको उचाईमाओभरपास बन्नेछ पूर्वतिर पश्चिमतिर भने १३ मिटर चौडाई साढे मिटर हाइटको ओभरपास बन्ने बताइएको

इटहरीमा तीनसहित झापाको चारआली, बिर्तामोड, चारपाने, मोरङको बलियामाओभरपास बन्ने सडक आयोजना पश्चिम खण्डका प्रमुख जगत प्रजापतिले जानकारी दिए सडकमा सय मिटर लामो स्थानमासिग्नेचर पुल निर्माण हुनेछ सडकको निर्माणको ठेक्का नेपालको कालिका तुङ्गी कन्स्ट्रक्सन चाइनिज कम्पनीले जोइन्ट भेन्चरमा लिएका हुन्

सडक झापाको काकडभिट्टादेखि सुनसरीको लौकहीसम्म बनाउनेगरी डीपीआर डिजाइन तयार गरिएको थियो तर, तत्काल भने काकडभिट्टादेखि इटहरीको लवीपुरसम्म मात्रै सडक निर्माण हुने आयोजनाले जनाएको ।सडक निर्माणमा एसियाली विकास बैंकले ८४.१ प्रतिशत ऋण सहयोग गरेको भने १५.९ प्रतिशत रकम नेपाल सरकारको लगानी हुनेछ कुल ३४ अर्ब ९१ करोडमा काँकडभिट्टादेखि लौकहीसम्म सडक बन्नेगरी सम्झौता २०२४ फेब्रुअरी बाट सुरू भएको योजना २०२७ फेब्रुअरी मा सम्पन्न गर्ने लक्ष्य

थाइल्यान्डको बैंककबाट सुरु भएको हाइवे म्यानमार, बंगलादेश, भारत हुँदै नेपालको पूर्वपश्चिम राजमार्ग भएर नयाँदिल्लीबाट पाकिस्तानको कराँची पुग्ने योजना भारतले पश्चिम बंगाल हुँदै नेपालको काँकडभिट्टा नाकासम्म हाइवे विस्तार गरिसकेको

सम्बन्धित समाचार